कृषि क्षेत्रले आवश्यक वजेट नै पाएन : मन्त्री खनाल «

कृषि क्षेत्रले आवश्यक वजेट नै पाएन : मन्त्री खनाल

दाङ- कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले कृषि क्षेत्रमा विकासका लागि वजेट कम भएको बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा मन्त्री खनालले वजेट कम हुँदा कृषि क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्न नसकेको बताए ।
देशका ६६ प्रतिशत नागरिक संलग्न भएको क्षेत्रमा बजेट भने २.९ प्रतिशत मात्र रहेको उनले बताए । वजेट नहुँदा कृषि क्षेत्रको विकासमा समस्या भएको उनको भनाइ थयो । “विकसीत मुलुकमा थोरै जनसंख्या कृषिमा सहभागी हुने र वजेट हुने गरेको छ,” उनले भने, “नेपालमा कृषि क्षेत्रलाई अगाडि बढाउन कृषिमा संलग्न हुने संख्या घटाएर वजेट बढाउनुपर्ने देखिएको छ ।” उनले अहिले कृषिमा संग्लन रहेको ६६ प्रतिशत जनसंख्यालाई २५ प्रतिशत झार्न आवश्यक रहेको बताए ।
मन्त्री खनालले कृषि क्षेत्रको विकासका लागि योजनासमेत नरहेको बताए । कृषि क्षेत्रको विकासका लागि प्रभावकारी योजना निर्माण गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । “कृषि क्षेत्रमा अहिलेसम्म प्रभावकारी योजना निर्माण हुन सकेको छैन,” उनले भने, “परम्परागत खेती प्रणाली नै रहेकाले यसबाट माथि उक्सन सक्नुपर्छ ।” उनले दुईतिहाइ जनसंख्या कृषिमा संलग्न हुँदा पनि वाहिर पनि आयात गर्नुपर्ने बाध्यता रहेको गुनासो गरे । कृषिलाई आधुनिक प्रविधिसँग जोडेर अगाडि बढ्नुपर्ने मन्त्रि खनालको भनाइ छ ।
मन्त्री खनालले कृषि क्षेत्रको विकास गर्न सकिएमा विदेशीएका युवालाई स्वदेशमा नै रोजगार दिन सकिने बताए । “कृषि क्षेत्रको विकास गर्न सकेमा विदेशीएका धेरै युवालाई रोजगार दिन सकिन्छ,” उनले भने, “कृषकको हातसम्म अनुदान पु¥याउन आवश्यक छ ।” वास्तविक कृषकको हातमा अनुदान पु¥याउन आफुहरू अगाडि बढेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्