तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८ को आवेदन फारम खुल्ला «

तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८ को आवेदन फारम खुल्ला

तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड–२०७८ हुने भएको छ । अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डको तेस्रो संस्करणको लागि आवेदन खुला भएको आयोजक संस्थाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । अवार्डको दुई संस्करण भव्य रूपमा सम्पन्न भइसकेको छ ।
कोभिडको कारण सुस्ताएको नेपाली संगित क्षेत्रलाई चलायनमान बनाउन तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८ गर्न लागिएको आयोजक संस्था अर्थ नेपाल प्रालिे जनाएको छ ।
यस वर्ष अवार्डमा राइड सेयरिङमा लोकप्रिय रहेको साहारा एपले सहकार्य गर्दै टाइटल स्पोन्सर गरेको छ । तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८ मा २०७६ वैशाखदेखि २०७७ चैतसम्म बजारमा आएका गीत–संगीतले सहभागीता जनाउन सक्नेछन् । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अध्यक्ष मनोज थापाले जानकारी दिए ।
‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ हुन लागेको तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८ मा राष्ट्रिय, चलचित्र, आधुनिक र पप विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने छन् ।
तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्डमा नेपाली गीत–संगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्