आरबीबी म्युचुअल फण्ड–१ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत «

आरबीबी म्युचुअल फण्ड–१ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

राष्ट्रिय वाणिज्य बैंक कोष प्रवद्र्धक रहेको आरबीबी म्युचुअल फण्डअन्तर्गत सञ्चालित पहिलो बन्दमुखी योजना ‘आरबीबी म्युचुअल फण्ड–१’ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । प्रतिइकाई १० रुपैयाँका दरले एक अर्ब २५ करोड रुपैयाँ नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता भएको हो ।
सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्जका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाल र आरबीबी मर्चेन्ट बैंकिङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।
म्युचुअल फण्डको योजना व्यवस्थापक तथा डिपोजिटरी राष्ट्रिय वाणिज्य बैंकको शत प्रतिशत लगानी रहेको सहायक कम्पनी आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्