ट्राफिक प्रहरीसँग नाडाको सहकार्य «

ट्राफिक प्रहरीसँग नाडाको सहकार्य

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले ट्राफिक जनचेतनामूलक कार्यक्रमका लागि ट्राफिक प्रहरीसँग सहकार्य गर्ने भएको छ ।
नाडा अध्यक्ष कृष्णप्रसाद दुलालसहितको टोलीले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईसँग भेटी सहकार्यको विषयमा छलफल गरेको छ । महाशाखाले अगाडि बढाइरहेको ट्राफिक जनचेतनामूलक कार्यक्रमलगायत सवारी नियमहरूको पालना तथा नो हर्न कार्यक्रमलाई समेत सहयोग गर्ने विषयमा छलफल भएको नाडाले जनाएको छ ।
नाडाले विगत डेढ दशकअघिदेखि महानगरीय महाशाखालाई भौतिक रूपमा समेत सहयोग पु¥याउँदै आइरहेको र राजधानीको ट्राफिक व्यवस्थापनका कार्यहरूमा समेत सहयोग गर्दै आएको नाडाले जनाएको छ ।
सो छलफलमा उपाध्यक्ष करणकुमार चौधरी, महासचिव सुनील रिजाल, सचिव अनुपकुमार बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया तथा एसोसिएसनका सचिव सुरेन्द्र प्रधान पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्