पाँचखाल र पनौती नगरपालिकासँग नबिल बैंकको साझेदारी «

पाँचखाल र पनौती नगरपालिकासँग नबिल बैंकको साझेदारी

नबिल बैंकले काभ्रेको पाँचखाल र पनौती नगरपालिकासँग वित्तीय साझेदारी गरेको छ । उक्त साझेदारीमार्फत कार्यक्रम तथा तालिम लिएर उद्यम गर्न चाहने उद्यमीलाई नगरपालिकाको सिफारिसमा बैंकले उद्यम कर्जा दिने छ । यस्तै, त्यस्ता कार्यक्रम तथा तालिममा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिने जनाइएको छ ।
सो सम्बन्धी सम्झौतापत्रमा बैकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र पनौती नगरपाकिलाका मेयर भीम न्यौपानेले हस्ताक्षर गरेका छन् । यस्तै पाँचखाल नगरपालिका उपमेयर लक्ष्मी दनुवार र बैंकको बागमती प्रदेश प्रमुख अमित श्रेष्ठले हस्ताक्षर गरेका छन् । बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहँुच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यावसायिकरण र उद्यमशिलता विकास कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्