गंगालाल हृदय केन्द्रलाई हिमालयन बैंकको सहयोग «

गंगालाल हृदय केन्द्रलाई हिमालयन बैंकको सहयोग

हिमालयन बैंकले काठमाडौंको बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत सो केन्द्रलाई करिब ७ लाख रुपैयाँ सहयोग गरेको हो ।
बैंकले अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरुका लागि वार्डहरु मर्मत–सम्हार गरी उचित सेवा प्रदान गर्न आर्थिक सहयोग गरेको जनाएको छ । अस्पतालका जीर्ण भएका वार्ड मर्मत गरी उपचार सेवा चुस्त र प्रभावकारी बनाउन सहयोग पु्ग्ने बैंकले अपेक्षा लिएको जनाएको छ ।
बैंकका तर्फबाट महाप्रबन्धक सुशील जोशी र महाराजगञ्ज शाखा प्रबन्धक अभयबहादुर शाहले अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि आधिकारीको उपस्थितिमा उक्त वार्डको उद्घाटन पनि गरे । समारोहमा बैंक तथा अस्पतालका अन्य कर्मचारीहरु उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्