गरिमा विकास बैंकले ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता गर्ने
नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकिदै छ । सोही अवसर पारेर गरिमा विकास बैंकले सम्पूर्ण नेपाली दिदीबहिनीहरुको लागि ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना गर्न भएको हो ।
यस टिकटक प्रतियोगितामा नेपाल भित्र रहेका सबै नेपाली दिदी बहिनीहरुले भाग लिन सक्नेछन् । यस प्रतियोगितामा प्रतियोगीहरुले भिडियो बनाउँदा तीजको मर्मलाई ख्यालमा राखी यस पर्वलाई सकारात्मक तरिकाले व्याख्या गर्ने कुनै पनि गीत अथवा कन्सेप्टमा टिकटक भिडियो बनाउनुपर्ने छ । यस पर्वको मर्म विपरीत बनेको वा उछि«ङ्खल तवरले बनेका भिडियोहरुलाई विजेताको रुपमा छनोट नगर्ने बैंकले जनाएको छ । यस प्रतियोगिताको विजेताले ९ हजार उप–विजेताले ६ हजार र तेस्रो हुनेले ३ हजार जित्ने मौका रहेको छ ।
एउटा अत्याधिक राम्रो कन्सेप्टमा बनेको भिडियोले २ हजार जित्नेछन् । विजेताको घोषणा भिडियोमा आउने लाईकको आधारमा हुनेछ भने बेस्ट कन्सेप्ट भने अत्याधिक राम्रो कन्सेप्टमा बनेको भिडियोको आधारमा हुनेछ ।