सिटी एक्सप्रेस र अल मुल्हा एक्सचेन्जबीच रेमिटान्स कारोबार सुरु «

सिटी एक्सप्रेस र अल मुल्हा एक्सचेन्जबीच रेमिटान्स कारोबार सुरु

सिटी एक्सप्रेस मनी ट्रान्सफर र कुवेतको अल मुल्हा एक्सचेन्जबीच रेमिटान्स कारोबार सुरु भएको छ । अल मुल्हा एक्सचेन्ज कुवेतको पहिलो मोबाइल एप्लिकेशन सुरु गर्ने रेमिटान्स कम्पनी हो । यसका १०२ स्थानमा आफ्ना शाखाहरु उपलब्ध छन् ।
कुवेतमा रहेका नेपालीहरुले अल मुल्हा एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ । नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२ हजार भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ । नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा गर्न सकिने र मोबाइल वालेटमा लोड गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्