पोखरामा इटालियन प्रविधिको पोल्ट्री बधशाला «

पोखरामा इटालियन प्रविधिको पोल्ट्री बधशाला

  • दैनिक ४ हजार कुखुरा काट्न सकिने

पोखरामा मासु निर्यात गर्ने उद्देश्यले इटालियन प्रविधिमा आधारित आधुनिक पोल्ट्री बधशाला र चिकेन प्वाइन्ट सञ्चालनमा आएको छ । विदेशी बजारका लागिसमेत गुणस्तरीय मासु निर्यात गर्ने लक्ष्यले आधुनिक पोल्ट्री बधशाला स्थापना गरिएको हो । फेवा मिट प्रोडक्ट्सले सञ्चालनमा ल्याएको आधुनिक पोल्ट्री बधशालाले स्थानीय बजारमा गुणस्तरीय मासु बिक्री–वितरण गर्ने लक्ष्य राखेको छ ।
कम्पनीले गण्डकीमा खपत हुने करिब ६ प्रतिशत अर्थात् दैनिक २ हजार ५ सय केजी कुखुरा बिक्री गर्दै आएको छ । उद्योगमा उत्पादित कुखुराको गुणस्तरीय रूपमा काट्न सक्ने (स्लटीङ) तथा चिकेनका विभिन्न परिकार उपलब्ध गराउँदै आएको प्रबन्ध निर्देशक चन्द्रकान्त बरालले बताए । इटलीबाट भिœयाइएको अत्याधुनिक मेसिनले दैनिक करिब ४ हजार कुुखुरा स्लटिङ गर्न सकिने उनले बताए । अन्तर्राष्ट्रिय बजारमा लैजान सक्ने गरी गुणस्तरीयमा कन्जुस्याइँ नगरेको उनले बताए । करिब ६ करोड लगानी भएको उद्योगमा हाल ५५ जनाले रोजगारी पाएका छन् ।
पार्दी विरौटास्थित फेवा मिट प्रोडक्टअन्र्तगत चिकेन प्वाइन्टले चिकेनका ७ प्रोडक्ट बजारमा ल्याएको कम्पनीका अध्यक्ष सूर्यप्रसाद बरालले बताए । पोखरा क्षेत्रमा स्तरीय खाजा रेस्टुराँ कम मात्रमा भएकाले बजारको मागअनुसार चिकेन प्वाइन्टबाट खाजाका विभिन्न परिकार बजारमा ल्याएको उनले जनाए । उनका अनुसार चिकेन रोल, चिकेन फ्राई, चिकेन ग्रिल फ्राई, चिकेन बिर्यानी, चिकेन वन, चिकेन सोर्मालगायतका खाजाका आइटमहरू उपलब्ध छ । प्रतिचिकेन वनको मूल्य ३० र चिकेन रोलको मूल्य १ सय रुपैया छ । ५ सयमा एक केजी चिकेन ममः उपलब्ध गराएको संचालक बरालले बताए । उनका अनुसार चिकेन तन्दुरी र चिकेन फ्राईको प्रतिकिलो १ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ । फेवा मिटअन्र्तगत चिकेन प्वाइन्ट मार्फत विभिन्न खाजाको परिकार घर तथा पसल एवं कार्यालयमा प्याकिङ गरी लैजाने लक्षित गरेर बजारमा ल्याएको हो ।
पोखरामा होम डेलिभरी गरी करिब एक घण्टाभित्र खाजाको आइटम घरघरमा पु¥याउने लक्ष्यका साथ आफूहरूले तयारी गरेको बरालले जनाए । युरोपियन स्तरकै आईएसओ मान्यता प्राप्त हुने गरी सम्पूर्ण मापदण्ड पूरा गरी उक्त प्रोडक्ट बजारमा ल्याएको संचालक बरालले जनाए ।
गण्डकीका पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेशको आर्थिक विकास र समृद्धिको लागि यस्ता उद्योग आवश्यक भएको बताए । उनले प्रति वर्ष ७ हजार विदेशी आयातित वस्तु खरिदलाई कम्तीमा प्रतिव्यक्ति १ हजार कम गर्न सके प्रदेशमै ठूलो रकम बिदेसिनबाट बचाउन सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्