सटडाउन अन्त्यका लागि अमेरिकी सिनेटमा आज मतदान «

सटडाउन अन्त्यका लागि अमेरिकी सिनेटमा आज मतदान

वासिङटन-महिनाभरी चेलको सटडाउन अन्त्य गर्ने प्रस्तावका लागि अमेरिकी सिनेटहरुले आज बिहीबार मतदान गर्ने विषयमा सहमती जनाएका छन् । अमेरिकी बजेटमा सहमती कायम हुन नसकेपछि २२ डिसेम्बरदेखि आंशिक सटडाउनको स्थिति बनेको थियो । यसैका कारण करिब चौथाई सरकारी विभागको कामकाज बन्द भएको थियो । यसबाट लगभग ८ लाख कर्मचारी प्रभावित भएका थिए ।
मेक्सिको सीमामा पर्खाल बनाउनका लागि ट्रम्पले राखेको ५.७ अर्र्ब डलरको बजेट मागमा असहमती मुख्य कारण भएको थियो । सिनेटम बहुमतका नेता मिच म्याकोनेल तथा शीर्ष डेमोत्र्mयाट नेता चक सुमरले सिनेटमा दुई प्रस्तावमाथि मतदान सम्बन्धि सम्झौताको घोषणा गरेका थिए ।
पहिलो मदतान सेप्टेम्बरसम्म सरकारको सबै बन्द विभागलाई कोष उपलव्ध गराउने उपायमाथि प्रक्रियात्मक कदमलाई लिएर हुनेछ । यसमा मेक्सिको सीमामा पर्खालका लागि पैसा उपलव्ध गराउने ट्रम्पको माग तथा आप्रवासन नीतिमाथि उनको प्रस्ताव पनि समावेश हुनेछ । दोस्रो मतदान ८ फ्रेबु्रअरीसम्म सरकारलाई कोष उपलव्ध गराउने अस्थायी प्रस्तावमाथि हुनेछ ।
यसमा सीमा सुरक्षा एवंम आप्रवासनमाथि चर्चाको अनुमती दिइने छ । साथै ट्रम्पलाई कांग्रेस समक्ष स्टेट अफ द युनियन सम्बोधनको अनुमती दिइने छ । यसमा कुनै पनि प्रस्ताव पारित हुनका लागि १०० सदस्यीय सदनमा ६० मतको आवश्यकता पर्छ । विद्यमान अवस्थामा यो मुश्किल देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्