कर्मचारीलाई बोनस दिनका लागि बनाइयो नोटको पहाड «

कर्मचारीलाई बोनस दिनका लागि बनाइयो नोटको पहाड

बेइजिङ-चिनियाँ कम्पनीले कर्मचारीलाई कति रुपैयाँ बोनस दियो यसको प्रमाण दिनका लागि नोटको पहाडनै बनाएको छ । संघाइस्टका अनुसार नानचाङको जियाङसी क्यापिटलमा चीनको एक स्टिल प्लान्ट कम्पनीले नगदको पहाडनै खडा गरेको छ । यसका लागि ३० करोड युआन अर्थात् ५४ करोड ४० लाख रुपैयाँ छुट्याएको छ ।
पाँच हजार कर्मचारीलाई यो रकम बोनस स्वरुप बाडिएको थियो । यस अनुसार प्रत्येक कर्मचारीलाई औसत करिब १ लाख ८ हजार ८ सय रुपैयाँ बोनस दिइएको छ । गत वर्ष दिइएको बोनस राशीको तुलनामा यो २ गुणाले बढी हो । बोनसमा आएको यती ठूलो रकम कसरी खर्च गर्ने भन्ने विषयमा आपूmले कुनै योजनानै नबनाएको एक कर्मचारीले बताएका छन् ।
यो कम्पनीमा एक भाग्यमानी कर्मचारीलाई ६० हजार युआन अर्थात् करिब ९६ लाख रुपैयाँ बोनस दिइने गरिएको छ । यो बोनस चिनियाँ नयाँ वर्षको समयमा दिइने गरिन्छ । कुनै चिनियाँ कम्पनीले अचम्मको तरिकाबाट बोनस दिने गरेको भने यो पहिलो पटक होइन । गत वर्ष कम्पनीले नगद गेम शो राखेको थियो । जसमा कर्मचारी जति चाहन्छन् उती रकम जित्न सक्ने व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्