स्थानीय तहमा आर्थिक अनियमितता बढदै «

स्थानीय तहमा आर्थिक अनियमितता बढदै

बझाङका स्थानीय तहहरुमा हरेक वर्ष बेरुजु रकम बढ्दै गएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार विगतका आर्थिक वर्षभन्दा पछिल्ला आर्थिक वर्षमा बेरुजु बढ्दो क्रममा रहेको छ । महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ वार्षिक प्रतिवेदनअनुसार बझाङका १२ स्थानिय तहको ३३ करोडभन्दा बढी बेरुजु देखिएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०७७-७८ मा ३३ करोड ३६ लाख ५० हजार रुपैयाँ बेरुजु देखिएको छ । गत आर्थिक वर्ष २०७६-७७ मा ४६ करोड ७९ लाख १६ हजार रुपैयाँ बेरुजु देखिएको बझाङका केहि स्थानीय तहमा र्आार्थक बर्ष २०७७-७८ मा बेरुजु रकम घटेको छ भने केहिमा बढेको छ । महालेखा परिक्षकको कार्यालयलले सार्वजनिक गरेको ५८ औँ बार्षिक प्रतिवेदन अनुसार बझाङका १२ वटा स्थानीय तह र मध्ये सबैभन्दा बढी बेरुजु साइपाल गाउँपालिकामा र सबैभन्दा कम बेरुजु दुर्गाथली गाँउपलिकामा देखिएको छ ।
सबैभन्दा बढी बेरुजु देखिएको साइपाल गाउँपलिकामा ३८ करोड ९८ लाख ८ हजार लेखापरीक्षण रकम मध्ये १० दशमलव ३९ प्रतिशत अर्थात ४ करोड ५ लाख १६ हजार बेरुजु देखिएको छ । त्यस्तै सबैभन्दा कम बेरुजु देखिएको दुर्गाथली गाउँपालिकामा ७५ करोड १३ लाख २७ हजार रकमको लेखापरीक्षण भएकोमा ० दशमलव ७४ प्रतिशत अर्थात ५५ लाख ९१ हजार बेरुजु देखिएको छ । बुङगल नगरपालिकामा १ अर्ब ३८ करोड ३१ लाख ८५ हजार लेखापरिक्षण गरिएको रकम मध्ये ५ करोड ९४ लाख ९ हजार अर्थात ४ दशमलव ३० प्रतिशत र जयपृथ्वी नगरपालिकामा १ अर्ब २५ करोड २९ लाख ३६ हजार लेखापरीक्षण रकममध्ये ७ करोड २८ लाख ४१ हजार अर्थात ५ दशमलव ८१ प्रतिशत बेरुजु देखिएको छ ।
दुर्गाथली गाँउपालिकामा ७५ करोड १३ लाख २७ हजार लेखापरीक्षण गरिएको र जसमध्ये ५५ लाख ९१ हजार अर्थात ० दशमलव ७४ प्रतिशत वेरुजु देखिएको छ । विथ्डचिर गाउँपालिकामा ८९ करोड ९४ लाख ९६ हजारमध्ये ४ करोड ८९ लाख ५५ हजार अर्थात ५ दशमलव ४४ प्रतिशत, थलारा गाउँपालिकामा ९२ करोड ४४ लाख ३९ हजार मध्ये १ करोड ४४ लाख ७६ हजार अर्थात १ दशमलव ९४ प्रतिशत, छविसपाथीभेरा गाँउपालिकामा ९७ करोड १७ हजार लेखापरीक्षण रकममध्ये २ करोड ४८ लाख ८ हजार अर्थात २ दशमलव ५६ प्रतिशत रकम बेरुजु देखिएको हो ।
खप्तडछान्ना गाँउपालिकामा ४ करोड ५ लाख १६ हजार बेरुजु छ । कुल लेखापरीक्षण गरिएको ८३ करोड ५२ लाख ७० हजारमा बेरुजु आएको रकम ४ दशमलव ८८ प्रतिशत हो । तल्कोट गाँउपालिकामा १ करोड ९२ लाख ५ हजार बेरुजु आएको छ । लेखापरीक्षण गरिएको ७८ करोड २३ लाख ८८ हजारको २ दशमलव ४५ प्रतिशत हो । सुर्मा गाउँपालिकामा ५१ करोड ७३ लाख ९३ हजारमध्ये १ दशमलव ०२ प्रतिशत अर्थात ५२ लाख ५९ हजार बेरुजु देखिएको छ । मष्टा गाउँपालिकामा ८१ करोड ९० लाख ३३ हजारको लेखापरिक्षण गरिएकोमा ४ दशमलव २२ प्रतिशत अर्थात ३ करो८ ४५ लाख ७९ हजार बेरुजु आएको छ । अघिल्लो आर्थिक बर्षमा जिल्लाको सबै भन्दा कम बेरुजु भएको केदारस्युँ गााउपालिकालाई यस बर्षमा दुर्गाथली गाउँपालिकाले उछिनेको छ । बेरुजु शून्यमा झार्ने लक्ष्य लिएको गाँउपालिकाले यस बर्ष पनि बेरुजु रकम घटाएको छ । गत आर्थिक बर्षमा ० दशमलव ९९ प्रतिशत बेरुजु भएको केदारस्युँको १ अर्व ३ करोड ६० लाख ७२ हजारको लेखापरिक्षण भएकोमा ७९ लाख ३१ हजार अर्थात ० दशमलव ७७ प्रतिशत बेरुजु आएको छ ।

प्रतिक्रिया दिनुहोस्