‘लिटल पिकासो विन्टर आर्ट क्याम्प’ सम्पन्न «

‘लिटल पिकासो विन्टर आर्ट क्याम्प’ सम्पन्न

हरेक वर्षझैं यस वर्ष पनि आर्टुडियोको आयोजनामा ‘लिटल पिकासो १२औं श्रृंखला : विन्टर आर्ट क्याम्प २०१९’ सम्पन्न भएको छ । क्याम्प गएको पुस १७ देखि २८ गतेसम्म भएको हो ।
विद्यालयको जाडो बिदा मनाइरहेका बालबालिकाहरु आर्टुडियोको उक्त कला क्याम्पमा सहभागी भएको बताइएको छ । उनीहरुले कलाकार कैलाश के श्रेष्ठ, कला लेखक मुकेश मल्ल, कलाकार एस. सी. सुमन तथा इलुस्टे«टर डिजाइनर कृषा ताम्राकारसँग १० दिनसम्म रमणीय वातावरणमा साधनारत भई सृजनात्मक कला कृतिहरु सृजना गरेका थिए ।
क्याम्पमा २२ जना बाल कलाकार सहभागी थिए । लिटिल पिकासो कला क्याम्प साना–साना बाल कलाकारहरुको लागि एउटा सृजनात्मक मञ्च हो, जहाँ उनीहरुको सोच, विचार, भावना र कल्पनालाई कलात्मक स्वरुप दिन कलात्मक मञ्च प्रदान गरिन्छ । ख्यातिप्राप्त र समसामयिक कलाकारहरुसँगको प्रत्यक्ष सहभागितामा सञ्चालन गरिने यो क्याम्पमा बच्चाहरुलाई सिकाउने भन्दा पनि सृजनात्मक हुन सघाउने काम हुन्छ । कला यो हो भनेर भन्नु भन्दापनि कला यसरी पनि बनाउन सकिन्छ भनेर त्यस उन्मुख उत्साहित गराउनुका साथै समसामयिक कलाकार र पाका कलाकारहरुसँगको सामिप्यता र भावना साटासाट गर्ने र कलाकोबारे अझ गहिराइमा पुग्नलाई सहज वातावरण सृजना गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्