निर्मला पन्तको हत्यामा संलग्न अपराधीलाई यथाशीघ्र छानबिन गरी कारबाही गर्न निर्देशन «

निर्मला पन्तको हत्यामा संलग्न अपराधीलाई यथाशीघ्र छानबिन गरी कारबाही गर्न निर्देशन

राज्य व्यवस्था तथा सुशासन समितिले निर्मला पन्तको हत्यामा संलग्न अपराधीलाई यथाशीघ्र छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार सिंहदरवारमा बसेको समितिको बैठकले निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष बितिसक्दा समेत दोषी पत्ता लगाउन नसकेको भन्दै सरकारले यथाशीघ्र छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो । समितिले दार्चुला जिल्लाका जयसिंह धामीको तुइन तर्ने क्रममा बेपत्ता भएको घटनाबारे तत्काल कारबाही प्रक्रिया अघि बढाउन पनि सरकारलाई निर्देशन दिएको समितिकी सभापति शशी श्रेष्ठले बताए ।
समितिले दार्चुलाको व्यास नरपालिकाका जनतालाई आवश्यक औषधि र खाद्यान्नको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ । अहिले देशमा बालिका र महिलाहरु हिंसा, हत्या र बलात्कारको शिकार भइरहेकाले यस्ता घटनालाई नियन्त्रण र गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ । समितिले चाडबाड नजिकँदै गरेकोले चाडबाडमा हुने उपभोग्य सामग्रीमा अश्वभाविक मूल्य वृद्धि, जनस्वास्थ्यलाई असर गर्ने गुणस्तरहीन सामग्री र कालोबजारी रोक्न पनि सरकारलाई निर्देशन दिएको सभापति श्रेष्ठले बताए ।
सभापति श्रेष्ठले भने, “दार्चुला जिल्ला व्यास गाउँपालिका वडा नं. २ बस्ने जयसिंह धामीको मिति २०७८ साउन १५ गते तुइन तर्ने क्रममा भएको घटना प्रकरणको सम्बन्धमा समितिको गम्भीर ध्यानाकर्षण भएको छ, सो घटना प्रकरणका सम्बन्धमा सत्यतथ्य सहितको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न, कूटनीतिक पहलद्वारा दोषीलाई कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउने, पीडित परिवारलाई उचित राहतको व्यवस्था गर्न माग गरेका छन् ।
व्यास क्षेत्रका बासिन्दाहरुको सुरक्षा तथा आवत–जावतका लागि आवश्यक पर्ने पुल, मोटरबाटो, लगायतका स्थानीय पूर्वाधारहरु यथाशीघ्र निर्माण गर्ने, दार्चुलादेखि टिंकरसम्मको सडक निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्ने, तुइनलाई तत्काल विस्थापित गरी झोलुंगे एवं पक्की पुलको व्यवस्था गर्ने र ती क्षेत्रका बासिन्दाका लागि हााललाई खाद्यान्न र औषधिको आवश्यक व्यवस्था गरी जनजीवनक सहज बनाउनेछ ।
कञ्चनपुर जिल्लाकी निर्मला पन्तको मिति २०७५ साउन १० गजे बलात्कार गरी हत्या भएको ३ वर्ष बितिसक्दा पनि हालसम्म सत्तथ्य बाहिर आउन नसक्नु दुखद् कुरा हो, तसर्थ तत्काल सत्यतथ्यका आधारमा उक्त घटनामा संलग्न अपराधीलाई यथाशीघ्र सार्वजनिक गरी हदैसम्मको कानूनि कारबाही गर्ने, बालिका र महिलामाथि हुने हिंसा, बलात्कार र हत्याका घटनाहरु नियन्त्रण र अपराधीलाई समयमा नै कारबाही गर्न नसक्दा आपराधीक घटनाहरु बढ्दै गइरहेको सन्दर्भमा घटनाहरु तत्काल नियन्त्रण गरी अपराधीलाई हदैसम्मको कारबाही गर्न आवश्यक व्यवस्था मिलाउने, चाडबाडका समयमा अत्याधिक उपभोग हुने दैनिक उपभोग्य सामग्रीको अश्वभाविक मूलयवृद्धि, कालो बजारी तथा जनस्वास्थ्यलाई खेलवाड गर्ने मानवताविरोधी जघन्य अपराधको रुपमा रहेको गुणस्तरहीन सामग्री एवै म्याद सकिएका अखाद्य वस्तुहरु रिलेबलिङ गरेर बिक्री वितरण गर्ने लगायतका गैरकानुनी एवं आपराधिक कार्यहरु नियन्त्रण र नियमन गर्न अन्य सरकारी निकायहसँगको समन्वयमार्फत अनुगमन गरी छानबिनका क्रममा दोषी ठहरिएकाहरुलाई कडाभदा कडा कारबाही गर्ने, आवश्यक्ता परे कानून संसोधनको बाटो पनि लिनुपर्छ ।”
समितिले हिंसा, बलात्कार र हत्याका घटनाहरु बढिरहेकाले यसलाई नियन्त्रण गर्न र अपराधीलाई कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्