जनवादी गायक जेबी टुहुरेको निधन «

जनवादी गायक जेबी टुहुरेको निधन

जनवादी गायक जेबी टुहुरेको बिहीबार निधन भएको छ । बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा उनको ७८ वर्षको उमेरमा निधन भएको हो ।
केही दिनअघि मतिष्कघात भएर टुहुरेलाई अस्पताल भर्ना गरिएको थियो । जेबी टुहुरेको वास्तविक नाम जुठबहादुर खड्गी हो । २० वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय उनले सयौं संख्यामा जनवादी गीत गाएका छन्। ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भइ’ बोलको गीत सर्वाधिक लोकप्रिय छ ।

प्रतिक्रिया दिनुहोस्