सुत्केरीले लिएनन् सरकारी सुविधा

बर्थिंग सेन्टर नहुँदा मंसिर १८ गते सुत्केरी ब्यथा लागेपछि सर्केगाड गाऊँपालिका–८ की निर्मला विक नजिकैको रोडिकोट स्वास्थ्य चौकी पुगिन् तर बर्थिङ सेन्टर नहुँदा स्वास्थ्यकर्मीले बाटोमै सुत्केरी गराए । अस्पताल बनाउनका लागि ३ करोडको बजेट छुट्याइएको भए पनि हालसम्म स्वास्थ्य चौकी नबन्दा भाडाको एक कोठामा स्वास्थ्य चौकी छ, औषधि कहाँ राख्नु, अनि चेक जाँच कहाँ गर्नु कुनै व्यवस्था नभएको स्थानीय जगन्नाथ हमालले बताए ।
सुविधा सम्पन्न रूपले अस्पतालमा सुत्केरी गराउन पुगेकी निर्मला बर्थिङ सेन्टर नभएपछि बाटो मै सुत्केरी गराउन बाध्य भएको रोडिकोट स्वास्थ्य चौकीकी अनमी दुर्गा हमालले बताइन् । यस्तै गरी ३ दिन पहिला सुत्केरी व्यथा लागेपछि सिमकोटकी विष्णा रावत जिल्ला अस्पतालमा भर्ना भइन् । उनलाई पनि इयर लिप्mटिङ भनेको थाहा नभएको बताइन् । बच्चा पाउन नसकेर कति दिदीबहिनी गाऊँमै मर्छन् कसैलाई यसबारे जानकारी छैन उनको भनाइ छ ।
सरकारले आव ०७१/७२ देखि कर्णाली क्षेत्रका गर्भवती तथा सुत्केरी महिला जटिल अवस्था भए बच्चा र आमाको ज्यान जाने जोखिम पर्ने स्थिति देखिएमा उनीहरूलाई सुविधा सम्पन्न अस्पतालमा हेलिकप्टर चार्टर गरी उपचार गराइने व्यवस्था गरेको थियो, जसलाई इयरलिफ्टङ भनिने गरिएको छ । सरकारले आव ०७४/७५ का लागि भने इयरलिफ्टिङ सुविधाका लागि ३० लाख विनियोजन गरेको भएता पनि यसको उपयोग बिना नै रकम फ्रिज जाने गरेको छ ।
सुत्केरी हुने बेलामा कुनै स्वास्थ्य समस्या देखिएमा पाइने यस्तो सुविधा हुम्लाका कुनै पनि महिलाले उपभोग गरेका छैनन् । ग्रामीणस्तरमा कुनै सुविधा नभएका स्वास्थ्य चौकीमा सुत्केरी हुन बाध्य रहेको सर्केगाड गाउँपालिका–६ का विर्ख ऐडीले बताए । सुत्केरी गराउनका लागि सामान्य पाउनु पर्ने सुविधासमेत नभएको स्वास्थ्य चौकी जानुभन्दा गाउँमा भएको अनुभवी महिलाको सहयोगले सुत्केरी हुन सहज भएको ऐडीको भनाइ छ । सुत्केरी अवस्थामा समस्या देखिए इयरलिफ्टिङ सुविधा त परै जाओस् राम्ररी सुत्केरी हुने स्थानको समेत व्यवस्था स्थानीय स्वास्थ्य चौकीमा नभएको सर्केगाड–७ का तेजबहादुर छन्त्यालले बताए ।
वषमा २ जनाले मात्र इयरलिफ्टि उपयोग
मध्यपश्ञ्मिाचल क्षेत्रीय स्वास्थ्य निर्देशनालयको तथ्यांकमा यो वर्ष २ जनाले यो सेवा लिएको सामुदायिक नर्सिङ अधिकृत मानकुमारी गुरुङको भनाइ छ । गर्भवती तथा सुत्केरी अवस्थामा महिलालाई डाक्टरले खतरा छ भनेर निक्र्यौल गरेर पत्र र सिफारिस भए यस्तो सुविधा पाइने क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. डम्बर खड्काले बताए । इयरलिफ्टिङ सुविधामा सरकारले लगानी गरेको भए पनि यसको व्यापक प्रचारप्रसार गर्न नसक्दा ग्रामीण क्षेत्रका महिलाले यो सुविधा पाउन नसकेको खड्काको भनाइ छ ।