Logo

हिमाली क्षेत्रबाट वर्षदिनमा १४ सय ६२ को उद्धार

हिमालयन उद्धार संघले १ हजार ४ सय ६२ जनाको उद्धार गरेको छ । संघले हिमाल आरोहरणका क्रममा जोखिममा परेका आरोहीहरुको उद्धार गरेको हो ।
बिहीबार काठमाडौंमा आयोजित संघको ४७ औं वार्षिक साधारणसभामा अध्यक्ष हरिप्रसाद धरेलले गत आर्थिक वर्षमा १ हजार ४ सय ६२ जनाको उद्धार गरेको जानकारी दिए । मनाङ तथा फेरिचे स्वास्थ्यचौकी, सगरमाथा आधार शिविर, स्वास्थ्य शिविर एवम् गोसाइँकुण्ड स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रमहरुलाई निरन्तरता दिइने उनले बताए ।
सन् २००३ देखि सगरमाथा आधार शिविरमा स्वास्थ्य शिविर स्थापना गरी प्रत्येक वर्ष वसन्त ऋतुमा स्वास्थ्य शिविर सञ्चालन गरी सगरमाथा आरोही, सपोर्ट स्टाफ एवम् त्यहाँ जाने अन्य व्यक्तिहरूलाई स्वास्थ्य सेवा पु¥याउँदै आएको छ । अध्यक्ष धरेलले लेक लाग्ने रोगको रोकथामका लागि प्रभावकारी रुपमा सूचना सम्प्रेषण गर्ने उद्देश्यले होर्डिङ बोर्ड राख्ने, पर्चाहरु छपाइ वितरण गर्ने, पर्यटन सम्बद्ध पत्रिकाहरुमा सूचना छपाउने, स्कूल, कलेजका विद्यार्थीहरुलाई तालिम प्रदान गर्ने जस्ता कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउनुका साथै सरोकारवालासँग सहकार्य गरी गाईड एवम् पर्यटक सहयोगीहरुलाई तालिम दिने जस्ता कार्यहरु प्रभावकारी रुपमा सञ्चालन गरिने बताए ।
सफा हिमाल अभियान–२०२१ कार्यक्रममा नेपाली सेनालाई उद्धार तालिम एवम् हिमाली क्षेत्रमा आइपर्ने लेक लाग्ने समस्या तथा अन्य पर्वतीय स्वास्थ्य समस्याको बारेमा विस्तृत तालिम प्रदान गर्ने आगामी दिनमा गर्दै जनचेतना फैलाउने बताइएको छ । संघले देशको उच्च पहाडी तथा हिमाली भेगमा लाग्न सक्ने लेक लाग्ने रोग एवम् त्यहा“ आइ पर्ने अन्य पर्वतीय संकटहरूलाई कम गराउन सुसूचित गरी मानिसको जीवन रक्षा गर्ने उद्देश्य लिएर सन् १९७३ देखि काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्