बेष्ट फाइनान्सको शाखा स्थानान्तरण «

बेष्ट फाइनान्सको शाखा स्थानान्तरण

बेष्ट फाइनान्स कम्पनीले काठमाडौं महानगरपालिका–२२ मा रहेको न्युरोड शाखा कार्यालयलाई स्थानान्तरण गरेको छ । फाइनान्सले सोही वडाको न्युरोड पिपलबोट स्थित रमा गृह भवनमा उक्त शाखा स्थानान्तरण गरी कार्यालय सञ्चालन गरेको हो ।
नयाँ शाखा कार्यालयको सञ्चालक समितिका सञ्चालक सुशीला खनाल तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष महेन्द्ररत्न शाक्यले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
कार्यक्रममा न्युरोड क्षेत्रका व्यवसायीहरु तथा संस्थाका पूर्व पदाधिकारी एव स्थानीय जनप्रतिनिधि उपस्थित थिए । नेपालको ४ वटा पुराना फाइनान्स कम्पनीहरु मर्ज भई बनेको वेष्ट फाइनान्स कम्पनीले हाल १४ वटा शाखा कार्यालयमार्फत सेवा दिँदै आएको छ ।
संस्थाको प्रधान कार्यालय कमलादी काठमाडौमा रहेको छ ।
संस्थाबाट हाल डिजिटल बैकिङ सेवालगायत नेपाल राष्ट्र बैंकको नीबिमोजिम विभिन्न बचत योजनासहित सहुलियत कर्जाहरु समेत प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्