दोस्रो बढी बिक्री हुने स्मार्टफोन आईफोन–७ प्लस «

दोस्रो बढी बिक्री हुने स्मार्टफोन आईफोन–७ प्लस

बिक्रीका आधारमा चिनियाँ बजारमा शीर्ष १० को सूचीमा पर्ने एप्पल एक मात्र विदेशी ब्रान्ड भएको छ ।
आईफोन–७ प्लसले विश्वको ठूलो स्मार्टफोन बजारमा कुलको २.८ प्रतिशत हिस्सा ओगटेको काउन्टरप्वाइन्ट रिसर्चले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । पहिलोमा भने ओपो आर नाइएस परेको छ । यो फोनले चिनियाँ बजारमा कुलको ३ प्रतिशत बजार हिस्सा ओगटेको छ ।
२०१६ को सेप्टेम्बरमा सार्वजनिक गरिएको आईफोन–७ ले गत वर्षको पहिलो अर्धवार्षिक अवधिमा राम्रो भूमिका निर्वाह गरेको थियो । त्यसपछि दोस्रो अर्धवार्षिक अवधिमा मूल्यमा गरिएको कटौतीले यो बिक्रीमा थप सहयोग पुगेको काउन्टरप्वाइन्टका विश्लेषक जेम्स यानले ब्लग पोस्ट मार्फत जनाएका छन् ।
१२८ जीबीको हार्ड ड्राइभ भएको आईफोन–७ प्लसको मूल्यमा १६ प्रतिशतको कटौती गरिएको छ । सानो स्क्रिन भएको आईफोन–७ चीनमा सर्वाधिक बिक्री हुने स्मार्टफोनमा पाँचौं स्थानमा कायम भएको छ । यो फोनले समग्रको २.४ प्रतिशत बजार हिस्सा ओगटेको आईफोन–७ चीनमा सर्वाधिक बिक्री हुने स्मार्टफोनमा पाँचौं स्थानमा कायम भएको छ । यो फोनले समग्रको २.४ प्रतिशत बजार हिस्सा ओगटेको छ ।
“आईफोन सेभेनको तुलनामा आईफोन–७ प्लसको भूमिका राम्रो भएको छ । यसले मूल्य कटौतीले मात्रै उपभोक्ता माझ लोकप्रियता कायम नभएको प्रमाणित गरेको छ । एप्पलका प्रयोगकर्ताले बजेटको तुलनामा अन्य चिजलाई महत्व दिएको देखिएको छ,” यानले बताए ।
शीर्ष पाँचको सूचीमा भिभोको एक्स नाइन र ओपो ए ५७ परेको काउन्टरप्वाइन्टले जनाएको छ ।
विगत दुई वर्षको अवधिमा एप्पल चीनमा संघर्षरत अवस्थामा पुगेको थियो । पछिल्लो समयमा भने चिनियाँ बजारमा एप्पलले आफ्नो साखमा सुधार गर्दै आएको छ । गत वर्षको चौथो त्रैमासिक अवधिमा चीनमा यो प्रविधि कम्पनीको आम्दानीमा १२ प्रतिशतको वृद्धि भएको छ ।
चीन स्मार्टफोन बजारको मामिलामा अविश्वसनीय रूपमा प्रतिस्पर्धी रहँदै आएको छ । विगतका समयमा चीनमा सामसङको वर्चस्व रहँदै आएको थियो । हाल आएर भने स्थानीय ब्रान्डहरूको लोकप्रियता बढ्न थालेको छ । तेस्रो त्रैमासिक अवधिमा पहिलो स्थानमा १९.४ प्रतिशतका साथ हुवावे पहिलो स्थानमा परेको थियो र दोस्रोमा ओपो र यसपछि क्रमशः भिभो, साओमी र एप्पल परेको आईडीसीको तथ्यांकले देखाएको छ ।
हुवावेले आक्रामक रूपमा बजारीकरणमा खर्च गरेको र यसको प्रतिफल पनि आएको छ । बजार हिस्साका आधारमा यो फोन हाल विश्वव्यापी रूपमा विश्वकै तेस्रो ठूलो स्मार्टफोन निर्माता भएको छ ।
चीनमा ओपो र भिभो दुवैको स्वामित्व बीबीके इलेक्ट्रोनिक्ले लिएको छ । यी फोनको बिक्री गत वर्ष तीव्र दरमा भएको थियो ।
“विभिन्न मोडलको उपलब्धताका साथ सामसङको बजारमा ठूलो उपस्थिति रहँदै आएको छ । ओपोले तुलनात्मक रूपमा थोरै मोडल मात्रै बजारमा ल्याएको छ,” यानले भने ।

प्रतिक्रिया दिनुहोस्