नेपालीपनको परिवर्तन «

नेपालीपनको परिवर्तन

हिजोका सङ्क्रमणकालीन घाउ र अबका नयाँपनको विकासका प्राविधिक पक्षमा सरकारले विकासको बाटो पक्रनु छ । परिवर्तन अस्वीकारवादीको अनि अर्कातर्फ परिवर्तनका नाममा अन्धोपनाले लादिने दुष्चक्र दमन– साँच्चै नेपालको अबको परिवेशलाई सबल बनाउँदै लैजान मजदुर, सर्वधारण र गरिबी उत्थानजस्ता कार्यक्रमहरू ल्याउन सक्नुपर्छ । हिजोका मेलापात र सुख–दुःखमा सँगै मुकाबिला गरिरहेका समाजका विकृत पक्ष सुधार्न आन्दोलनका नारा होइन, चेतना र अवसर दिइनुपर्छ । सबैलाई शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, यातायात, सुरक्षा जस्ता अत्यावश्यकीय आधार प्रदान गर्न सरकारले कटिबद्धता जाहेर गर्नुपर्छ । तर, धृतराष्ट्रको उच्च महत्वाकाङ्क्षाको परिणामस्वरूप राज्याधिकार र सन्तान सुख मात्रै खोसिएन, इतिहासमा कलङ्कित समेत भइरहनुपरेको छ । प्रेमभित्र रमाएको समावेशी समाजले एकताको आफ्नोपनलाई दबाएर हैन, सजाएर मौलाउन दिनुपर्छ । आज विदुर त्यही राज्यमा सो घटनाका पात्र हुन् तर सम्मानित छन् र युगौँसम्म रहनेछन् । रामराज्यको दृष्टान्त त्यसै आजसम्म अमर बनेको होइन । सत्य राजनीतिभित्र सेवा, सुशासन र बलिदान हुँदो रहेछ । त्यहाँ स्वार्थ र सत्ता लिप्साको महत्वाकाङ्क्षाको नामै रहन्न । भ्रष्टचरित्रलाई साम, दाम, दण्ड, भेदको नीतिले कस्नुपर्छ । राष्ट्रिय स्वार्थमा लम्केको इतिहास सधैँ अमर रहन्छ । हिजोका बीपी, मदन भण्डारी व्यक्तित्वलाई इतिहासले सम्मान गरिरहनु बाध्यता होइन, स्वेच्छाचारी भावना हो । आखिर मान्छेले मरेर लैजाने नै के हो र !
मुलुकमा हिजैदेखिका समस्या उसै गरी छन् । समस्या घट्दैन, सधैँ बढिरहन्छ । हिजो अस्थिर सरकारको बहाना थियो । आज परिवर्तनलाई सबैले स्वीकार र अस्वीकारका केही जटिलतामा स्थानीय विकासका निम्ति भौतिक संरचना र कर्मचारी व्यवस्थापन चुनौती बनिरहेका छन् । त्यो भन्दा बढी भ्रष्टाचार, व्यक्तिगत स्वार्थको पोको, अवसरहरूमा क्षमताभन्दा पार्टीले काखी च्यापेर माथि लैजाने प्रवृत्ति सुध्रिनै सकेन । हिजो जातिगत वर्गीयता थियो, आज समाज रूपान्तरणका नाम बोकेर राजनीतिक वर्गीयता हाबी छ । अब समाज रूपान्तरण र आर्थिक एजेन्डामा आवश्यकता र देश निर्माणका प्राविधिक र कूटनीतिक बाध्यता नबोलिएका हुन्छन् । नेतृत्व राम्रो भयो तर कार्यकर्ता खराब भए भने पनि देशले परिवर्तनका प्राप्तिलाई समाजमा प्रवाह गर्न सक्दैन । जनता स्वतन्त्र त छन्, यद्यपि जति व्यवस्था परिवर्तन भए पनि शासन शैलीमा नैतिक विचलन कम छैन । वास्तवमा हरेक पाटीमा खेमाबन्दी र आफ्नो धारभित्र गुट र उपगुटको अमुक द्वन्द्व हट्न नसक्नु विकासका लागि राजनीतिक चुनौती हो । देश विकास र समृद्धिभन्दा सरकार बनाउने र गिराउने खेलमा नेपाली नेतृत्व धेरै सक्रिय देखिन्छ ।
सबैले भनिएका विषय हुन्, वर्तमान सरकारलाई अवसर र समस्याको दुवै धार तेजिला छन् । समस्या र सङ्कुचनका चाङ पनि उत्तिकै छन् । उद्योग, कलकारखाना खोल्ने, जलस्रोत विकास, पर्यटन प्रवद्र्धन र विकासका विषय, खेतीयोग्य जमिनको उपयोगमा श्रमजीवी जनतालाई सहभागी बनाउनु हाम्रो मुलुकको आवश्यकता हो । बुझ्नुपर्छ, हामीलाई प्राकृतिक प्रकोपले सङ्कटमा पार्यो । नाकाबन्दीले असर पार्यो तर धेरै समस्या हामी र हाम्रै हुन् । हरेक रोजगारीमा सीप, दक्षताभन्दा पार्टीगत भागबन्डा छ । जनताकै नाम लिएर सत्ता टिकाउन सहमति, वार्ता र प्रतिपक्षलाई रिझाउने पद्धति लगभग सबैमा छ । भ्रष्टाचार र भागबन्डाको सत्तालिप्साबाट हामी कुनै पनि हदमा उम्कन सकेका छैनौँ ।सबैले भनिएका विषय हुन्, वर्तमान सरकारलाई अवसर र समस्याको दुवै धार तेजिला छन् । समस्या र सङ्कुचनका चाङ पनि उत्तिकै छन् । उद्योग, कलकारखाना खोल्ने, जलस्रोत विकास, पर्यटन प्रवद्र्धन र विकासका विषय, खेतीयोग्य जमिनको उपयोगमा श्रमजीवी जनतालाई सहभागी बनाउनु हाम्रो मुलुकको आवश्यकता हो । बुझ्नुपर्छ, हामीलाई प्राकृतिक प्रकोपले सङ्कटमा पार्यो । नाकाबन्दीले असर पार्यो तर धेरै समस्या हामी र हाम्रै हुन् । हरेक रोजगारीमा सीप, दक्षताभन्दा पार्टीगत भागबन्डा छ । जनताकै नाम लिएर सत्ता टिकाउन सहमति, वार्ता र प्रतिपक्षलाई रिझाउने पद्धति लगभग सबैमा छ । भ्रष्टाचार र भागबन्डाको सत्तालिप्साबाट हामी कुनै पनि हदमा उम्कन सकेका छैनौँ ।जयपृथ्वीबहादुरजस्ता त्यागी, बलभद्र, कालु पाँडेजस्ता समर्पित देशभक्तलाई आजको जस्तो स्वार्थ लिप्सा भएको हुँदो हो त सायद त्यतिखेर जनता कति सङ्कटमा पर्थे होलान्  । आज जनता नै यो सत्तास्वार्थको खेलको अचानो बनेका छन् । अब त समाज विकास, घरेलु सर–सामान खपत, क्षमताका आधारमा श्रम अवसर तथा सम्मान अनि जातिगत विखण्डनबाट आक्रान्त भएको समाज होइन, अर्मापर्मा गरेर हातेमालो गर्ने समाजको आवश्यकता छ । हाम्रो समाजमा हिजोकै नेपालीपन हुनुपर्छ तर अलिकति अन्धविश्वास र विकृति हट्नुपर्छ । परिपवर्तन जादुको छडी जस्तो हुँदैन, तर विकासभित्र अनुगमन र पारदर्शिता चाहिन्छ । विकासका लागि छुट्टिएका रकमका कति प्रतिशत सम्बन्धित योजनामा खर्चिन्छ र ? दादागिरी चल्छ, पार्टीगत भागबन्डा शिक्षा, विकास–निर्माणमा सबै क्षेत्रमा व्याप्त छ । दक्षता पोख्न युवाले श्रमको मूल्य नपाएर समुद्रपारि बेचिनुपर्छ । पाटीगत पहुँच हुनेले पाउँछन्— रोजगार । यहाँ मुखको बोली र गरिने व्यवहारको तालमेलमा विकास हुने वा हुन दिने दुवै अप्ठ्यारा विषय बन्छन् । ज्ञान, सीप र बौद्धिकतालाई पार्टीगत सिद्धान्तको तुलोमा जोखेका विडम्बना आज कम छैनन् । हरेक स–साना सवाललाई बोकेर आज पनि बलिको बोकोझैँ सङ्कीर्ण भावको खिचातानीमा जनताले सडकमा उत्रिनु दुःखद् मामला हो । नेपालको शान्ति अवस्था दिनानुदिन खस्किरहेको पीडा छ । हिजो द्वन्द्वकालमा सिन्दुर पुछिने, काख रित्तिने पीडितहरूले बिसाएको विलौना खोलाको गीत बन्नुमा नेपालीपना ठ्याम्मै देखिन्न ।
सडकका बेसहारेको रमिता हेर्दै चिल्लो कारमा सुइँय हुइँकने साम्यवादी नेतृत्वलाई हाम्रो बुद्धत्व भावले उपेक्षा गर्छ । आन्दोलन नगरे कुरै नसुन्ने परिपाटीले तिललाई पहाड बनाएर समस्या देखा पर्छन् । सबैलाई थाहा छ, परिवर्तनको मूलसूत्रमा– मेलमिलाप, सहमति र कार्यदिशाप्रतिको अनुशासित जाँगर चाहिन्छ । माओवादी शान्ति सम्झौता, संविधानको पक्षमा ९० प्रतिशतको ऐक्यबद्धता, नेकपाले गरेको पार्टी एकता सबै सहमतिले प्राप्त परिवर्तनका दृष्टान्त हुन् । विकासको लगाम पक्रेर बुर्कुसी मार्ने अमूल्य समयमा आपसी खिचातानीको तानाबानामा अल्झिनु भनेको जनताको समय र देशको शक्तिलाई दुरुपयोग गर्नु मात्रै हो । सन् १९४८ बाट नेपालमा लिखित संविधानको इतिहासको बिजाङ्कुरण भयो । वि.सं. २००४ देखि आजसम्म नेपालमा २०७२ समेत गर्दा हालसम्म ७ वटा संविधान जारी भइसकेका छन् । संघीय लोकतान्त्रिक, समावेशी तथा समानुपातिक लोकतन्त्र र गणतन्त्रलाई संस्थागत विकास गरेर समृद्ध समाजको विकासमा लम्कनु आजको आवश्यकता हो । जनताले सुन्दर, विकसित र समृद्ध शान्तिपूर्ण समाजको विकासको नियम कोर्ने प्रयास गरेको करिब ७० वर्षभन्दा बढी भएछ । समस्या नआउने समय अवश्य पनि हुँदैन । हिजोका नीति र कानुन आज असान्दर्भिक हुनु पनि नौलो कुरा होइन । संविधानले संघीय राजनीतिभित्र लोकतान्त्रिक समाजको परिकल्पना गरेको छ ।
तर, सत्ता नै भागबण्डामा चल्छ । क्षमतावान् पाखा लागिरहन्छन् । सहमतिको चलखेलमा क्षमतावान्को उपहास हुन्छ । चाहे प्रतिपक्षी होस् या त सत्तासीन, स्पष्ट रूपमा विकासका एजेन्डा लिएर हिँड्दैन । आश्वासनको घोचो तेस्याएर अल्झाउँछ भने अबको युगको समाजले नै पाखा लगाउँछ । यसअघिका उदाहरण हेर्दा असल नेतृत्वले चुनावमा भोट नमागे पनि जनताको मनलाई सधैँ आफ्नै पोल्टामा पारेका छन् । जनतालाई सिद्धान्त होइन, ठोस विकास र रोजगारीको अवसर चाहिएको छ । जय पृथ्वीबहादुर सिंहले झैँ छिमेकी दुवै मुलुकमा कूटनीतिक वैदेशिक सम्बन्ध राख्दै साँच्चै राष्ट्रिय स्वार्थमा लाग्ने हो भने सबै खाले विकास सम्भव देखिन्छ । हिजो भएका द्वन्द्व, झगडा, आन्दोलन, चक्काजाम, बन्द–हड्तालबाट भएका क्षतिको रकमलाई विकास–निर्माणमा लगाइएको भए आज हजारौँ गरिबको मुखमा माण पथ्र्यो होला ।
जनतालाई कोटाका आधारमा बौद्धिकता जोख्नुलाई न्यायसङ्गत मान्न सकिँदैन । क्षमताका आधारमा निष्पक्ष रूपमा लड्ने अवसर दिनु राज्यका लागि आवश्यक छ । अबको परिवर्तित नेपाली समाजमा गरिबीको रेखालाई नियालेर हरेक जनताले अवसर पाउनु बढी सान्दर्भिक हुन्छ । वास्तवमा एक पुस्ताबाट अर्को पुस्तासम्म आइपुग्दा कतिपय कुरा समयसँगै परिवर्तित भइरहेकै हुन्छन् । आधुनिक समाजले चेतना बढाउँदै लगिरहेको हुन्छ । इन्जिनियर, पाइलट या डाक्टर, शिक्षक वा अन्य कर्मचारी नै किन नहुन्, सबै सीप र दक्षताका आधारमा मात्र तौलन सकिने कुरा हुन् किनकि यो त बौद्धिक विषय हो । बुद्धले रगतको खेल नखेल भन्दै गर्दा हामी भने हिटलरको नीतिमा रगतभित्र मुछिन खोजिरहेका छौँ । अब लोपोन्मुख, सीमान्तकृत क्षेत्रमा विकासका योजनाहरू बनून् । अब सचेत समावेशी समाज विकासका निम्ति, राष्ट्रिय समस्याहरूको निकासका निम्ति सचेत समावेशीकरणको खाँचो छ । राष्ट्रिय समर्पण भावको आवश्यकता छ ।

प्रतिक्रिया दिनुहोस्