बोइङलाई पछि पार्दै एयरबस

युरोपेली एरोस्पेस ग्रुपले गत वर्षको पूरै अवधिमा १ हजार १ सय ९ विमानको अर्डर पाएको जनाएको छ । यो संख्या बोइङको भन्दा २ सयले बढी हो ।
एयरबसले गत वर्षको पूरै अवधिमा अमेरिकी प्रतिद्वन्द्वीलाई पछि पारेको थियो । डिसेम्बरमा आयोजना भएको दुबई एयर शोमा बढी सम्झौता गर्न सफल भएपछि एयरबस बिक्रीका आधारमा विगत तीन वर्षको अवधिसम्म पहिलो स्थानमा रहेको बोइङलाई पछि पार्न सफल भएको हो ।
इन्डिगो साझेदारबाट ए–३२० नियो जेटलाइनरका लागि आएको अर्डर एयरबसको इतिहासमै ठूलो हो । यसैले गर्दा एयरबसलाई बोइङभन्दा अगाडि पुराउन सफल भएको छ । दुबई शोकै अवसरमा बोइङले आफ्नो ७३७ विमानका लागि १ सय ७५ को अर्डर आएको जनाएको छ ।
बोइङ र एयसबसबीचको युद्ध हालसम्मकै तीव्र कायम भएको छ । कीर्तिमानी अवस्थाको उत्पादन र कीर्तिमानी बिक्रीले नवप्रवेशी चीनलाई पछि पारेको छ । खर्बौं डलरको जेट बजारमा रूस र क्यानडाले पनि सानो हिस्सा लिन सफल भएका छन् ।
गत वर्षको अर्डरमा एयरबसले आफ्नो आकर्षण बढाउन सफल भए पनि आपूर्तिका आधारमा भने अझै पनि बोइङ नै अगाडि छ ।
गत वर्षको व्यापारिक प्रयोजनको विमानको आपूर्ति ७ सय १८ को कीर्तिमानी कायम भएको छ । बोइङले गत वर्ष ७ सय ६३ संख्यामा विमान आपूर्ति गरेको थियो । कम्पनीले २०१५ मा आफैले राखेको कीर्तिमान तोड्न सफल भएको हो ।
एयरबसले ए–३८० सुपर जम्बो कार्यक्रमको भविष्य अन्योलमा परेको पनि एयरबसले जनाएको छ ।