भैरहवामा हुन्डाईको बिक्री कक्ष «

भैरहवामा हुन्डाईको बिक्री कक्ष

रुपन्देही- हुन्डाई कम्पनीबाट निर्मित कारहरुको बिक्रीका लागि भैरहवा क्षेत्रको अधिकृत विक्रेताको जिम्मेवारी जगत मोटर्स प्रालिले पाएको छ । हुन्डाई कम्पनीका कारहरूको बिक्री बितरण र बिक्री पछिको सेवा उपलब्ध गराउने लक्ष्यसहित भैरहवाका युवा व्यवसायी राम थापाले नयाँ बिक्री कक्ष(शो–रूम) सञ्चालनमा ल्याएका हुन् । गत शुक्रबारबाट सिद्धार्थनगर नगरपालिका वडानम्बर–१३ बेलहिया रोड (पद्मा श्री सिनेमा हल नजिकै) मा बिक्री कक्ष सञ्चालनमा ल्याएको कम्पनीका अध्यक्ष राम थापाले बताए । १९ हजार वर्गफिट क्षेत्रफलमा रहेको नयाँ शो–रूमबाट हुन्डाईका सबै ब्रान्डका कारहरूको बिक्री साथै बिक्रीपछिको सम्पूर्ण सेवा उपलब्ध हुने र नयाँ शो–रूम सञ्चालनका लागि भौतिक पूर्वाधार निर्माणमा मात्रै ३ करोड रुपैयाँ खर्च भएको थापाले बताए । यसअघि भैरहवामा हुन्डाई गाडीको बिक्री मात्रै हुने गरे पनि सर्भिस सेन्टर नहुदा बुटवल नै धाउनु पर्ने बाध्यता थियो । “अब हुन्डाईका कारहरू सर्भिसिङ गर्न बुटवल जानुपर्ने बाध्यता अन्त्य भएको छ, जगत मोटर्समा हुन्डाईका सबै सेगमेन्टका कार खरिद साथै त्यसमा लाग्ने सबै पाटपुर्जा सामान र आधुनिक मर्मतकेन्द्र समेत स्थापना भएको छ र आधुनिक प्रविधि, हाइड्रोलिक मेसिनको प्रयोगबाट मर्मत गर्ने छौं,” जगत मोटर्शका प्रबन्ध निर्देशक निश्चल थापाले जानकारी दिए ।
उनका अनुसार शो–रूमबाट सेल्स, सर्भिस र स्पेयरपार्टस् अर्थात् बिक्री, बिक्रीपछिको सेवा र सामानहरू सबै एकै छानामुनि पाइन्छ । शो–रूममा ग्रान्ड आइटेन, आई २०, आई २० एलिट, आई २० एक्टीम, क्रेटा, एक्सेन्ट, भर्ना, टक्सन कारहरू विभिन्न रङमा अहिले उपलब्ध हुने र निकट भविश्यमै सर्वाधिक लोकप्रिय रहेको स्यान्ट्रो कारको नयाँ सेगमेन्ट समेत बुकिङ खुल्ला हुने थापाले बताए । हुन्डाईका कारहरू अहिले २७ लाख ९६ हजार रुपैयाँदेखि १ लाख ९ हजारसम्म मूल्य रहेका छन् ।
रएको थियो भने सोहि कुपनको अर्धकट्टीमा नाम, नम्बर र ठेगाना लेखि काठमाडौं–गोसाईकुण्ड–काठमाडौं हेलिकप्टर यात्राको लागि लक्की–ड्र मा भाग लिन सकिने व्यवस्था मिलाएको थियो । यस योजनाको छोटो समयमै ग्राहक महानुभावहरुले उल्लेख्य संख्यामा सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्