शिवम् सिमेन्टको उपहार योजनाको दोस्रो बिजेता घोषणा «

शिवम् सिमेन्टको उपहार योजनाको दोस्रो बिजेता घोषणा

शिवम् सिमेन्टको ‘लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा’ उपभोक्ता योजना अन्तर्गतको हेलिकप्टरबाट काठमाण्डौं–गोसाईकुण्ड–काठमाडौं, देव दर्शन यात्राको दोस्रो चरणअन्तर्गत ६० भाग्यशाली कुपन विजेता मार्फत १२० जना विजेताहरुको नाम लक्की–ड्र मार्फत पत्रकार सम्मेलन गरी हेटौंडाबाट सार्वजनिक गरेको कम्पनीले जनाएको छ । यस अघि काठमाडौँ मा पत्रकार सम्मेलन गरी लक्की–ड्र मार्फत ६० कुपनबाट १२० जना छनोटमा गरिएको भन्दै कम्पनीले दोस्रो चरणको लक्की–ड्र नेपालभरबाट संकलित कुपनहरुका मध्येबाट पत्रकार सम्मेलन गरी ६० जना भाग्यशाली बिजेताहरुको नाम सार्वजनिक गरिएको बतायो । जस मध्ये प्रत्येक कुपन वापत २ जना विजेता गरि १२० जनाले हेलिकप्टरबाट गोसाईकुण्ड जान सक्नेछन् । यस योजनामा हालसम्म १२० कुपन मार्फत २४० जना छनौट भइसकेका छन् भने अझै २४२ जनाका लागि हेलिकप्टरबाट गोसाईकुण्ड देवदर्शन यात्रा जित्ने मौका बाँकी रहेको छ । शिवम् सिमेन्टले यहि पुस ५ गते देखि ‘लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा’ नामक उपभोक्ता योजना सार्वजनिक गरेको थियो जस अन्तर्गत प्रत्येक १० बोराको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी हात खाली नहुने उपहार रु.१०० देखि १००० सम्म नगद र २.५० ग्राम देखि १० ग्रामसम्मको सुन समावेस गरिएको थियो भने सोहि कुपनको अर्धकट्टीमा नाम, नम्बर र ठेगाना लेखि काठमाडौं–गोसाईकुण्ड–काठमाडौं हेलिकप्टर यात्राको लागि लक्की–ड्र मा भाग लिन सकिने व्यवस्था मिलाएको थियो । यस योजनाको छोटो समयमै ग्राहक महानुभावहरुले उल्लेख्य संख्यामा सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्