खाद्य उद्योग बन्द «

खाद्य उद्योग बन्द

धनगढी-गोदावरी नगरपालिकास्थित केदार किम्डेश्वरी खाद्य उद्योग लगानी अभावले बन्द भएको छ । २०७२ सालमा सञ्चालनमा आएको केदार किम्डेश्वरी खाद्य उद्योग २ वर्ष नपुग्दै बन्द भएको हो । कम्पनीले गोदावरी फुड नामक विस्कुट उत्पादन समेत गदै आएको थियो । ४ जना सेयर लगानीकर्ताहरूले सञ्चालनको सुरुवातमा ५०–५० लाखका दरले लगानी गरेको उक्त कम्पनीमा राष्ट्रिय वाणिज्य बैंक अत्तरीया शाखाले साढे ४ करोड रुपैयाँ ऋण लगानी गरेको हो ।
राष्ट्रिय वाणिज्य बैंक, धनगढीले पछिल्लो समय कम्पनीलाई ऋण थप नगरिदिँदा कम्पनी बन्द हुन पुगेको शेयरधनी बसन्त उपाध्यायले बताए । कम्पनी बन्द हुँदा प्रत्यक्ष रोजगारी पाएका ८०/८५ जना युवाहरू वञ्चित भएका छन् । बिस्कुट कम्पनीमा पुरुष भन्दा बढी महिलाले रोजगार पाएका थिए । अहिले आएर उनीहरूको रोजगारीमा समस्या भएको छ । धेरैजसो महिलाहरू रोजगारबाट बञ्चित भएपछि छाक टार्न समेत हम्मे–हम्मे भएको छ । बिस्कुट कम्पनीले कसैले पनि साथ नदिएका एकल महिलाहरूलाई समेत रोजगार प्रदान गरेको थियो ।
मुलुकमै प्रविधियुक्त विधिबाट र छोटो समयमा राम्रो नाम कमाएको गोदावरी फुड विस्कुटले सुदूपश्चिमका सातवटै पहाडी जिल्ला र कर्णाली प्रदेश सम्म सेवा दिदैँ आएको थियो । नेपालको संघीय राजधानी काठमाण्डौं सम्म पनि उक्त विस्कुटको सञ्जाल विस्तार भएको हो । पूर्वका झापा,दमक,विराटनगर सम्म निर्यात हुने गरेको थियो ।
केदार किम्डेश्वरी खाद्य उद्योगले बिस्कुटमा लाग्ने कच्चा पदार्थका सामाग्रीहरू पनि नेपालबाटै ल्याउने गरेको छ । कच्चा पदार्थको सामाग्री काठमाण्डौं र विरगञ्जबाट ल्याउने गर्ने गरेका थियौं । उपाध्यायले भने, “हाम्रो उत्पादत विस्कुटमा स्वदेशी सामाग्रीलाई प्राथामिकता दिने गरेका हौं ।”
पछिल्लो समयमा सुदुरपश्चिम प्रदेशमा ठूला दुई वटा विस्कुट कम्पनीमा सञ्चालनमा आएका छन् । भने एक कम्पनी बन्द र गोदावरी नगरपालिका गेटामा सञ्चालनमा आएको सुदूर फुड बिस्कुट कम्पनी सञ्चालनमा आएको छ । दूईवटै विस्कुट कम्पनी गोदावरी नगरपालिकामा भित्र पर्छन् ।
सुदूरपश्चिम प्रदेशका ठूला–ठूला उद्योग यसरी बन्द हुन दुर्भाग्य भएको अत्तरीया उद्योग वाणिज्य संघका सदस्य दिलिप कुमार साउँदले बताए । उनले–केही वर्ष अगाडी यसरी सिमेन्ट कम्पनी पनि बन्द भएको थियो । नेपालका आर्थिक समृद्धिका बारेमा बहस भईरहेको अवस्थामा बन्द हुनु भनेको सुदूरपश्चिमलाई निकै ठूलो चुनौती भएको बताए ।
किम्डेश्वरी खाद्य उद्योगले बिस्कुट मात्र नभएर नमकिन,सावुन,निरमा पावडर लगायतका बस्तुहरू समेत उत्पादन गर्दै आएको थियो । समयमा बैंकबाट कर्जा लिएको रकम नतिरेका कारण पछिल्लो पटक कम्पनीलाई कर्जा नदिएको राष्ट्रिय वाणिज्य बैंकका अत्तरीया शाखा प्रबन्धक दिर्घराज ओझाले बताए । उनले भने–बैंकले लेनदेनको विषयमा सहमती जनाउँदैन् । कम्पनीले बैंकले तोकेको मितीमा व्याज नतिरेमा कालो सूचीमा राख्न तयार रहेको छ । कम्पनीका शेयर सदस्यहरूलाई पौष मसान्तको समय मागेका थिए । त्यो मिती सम्म व्याज चुँक्ता गर्न सकेनन् । बैंकले व्याज असुली गर्न सकेको छैन् । अबका केहीदिनमा बैकिङ्ग कसुर नियम अनुसार असुली कारवाही गरिने जानकारी दिए ।
यसरी सुदूरपश्चिममा बैकबाट ब्याज लिने धेरै कम्पनीहरूले गरेका छन् । तर समयमा व्याज नतिर्दा अन्य यस्ता कम्पनीहरू कारवाही भागेदार भएका छन् । सरकारको कमजोर नितीका कारण पनि फस्ट्याउन लागेका उद्योग धन्दाहरू बन्द हुनुपर्ने अवस्था देखिएको छ । त्यसकारण पनि प्रदेश सरकार र केन्द्रिय सरकार प्रदेशमा रहेका उद्योगहरू फस्टाउन र विस्थापित हुन नदिनका लागि एक किसीमको औधोगिक कानुन बनाउन जरुरी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्