सोलुका स्थानीय तहको बेरुजु झण्डै ३१ करोड, माप्य दूधकोसीको मात्रै १२ करोड «

सोलुका स्थानीय तहको बेरुजु झण्डै ३१ करोड, माप्य दूधकोसीको मात्रै १२ करोड


सोलुखुम्बुको ८ स्थानीय तहको बेरुजु रकम झण्डै ३१ करोड देखिएको छ । महालेखा परीक्षकको कार्यालयले भदौ ४ गते शुक्रबार सार्वजनिक गरेको ५८ औ प्रतिवेदनमा आर्थिक बर्ष २०७६–७७ को बेरुजू रकम ३० करोड ९९ लाख ८१ हजार देखिएको हो ।
जिल्ला स्थानीय तहमध्ये सबैभन्दा बढी बुरुजु माप्य दुधकोशी गाउँपालिकाको देखिएको छ । महालेखा परीक्षकको प्रतिवेदनमा माप्य दूधकोसीको बेरुजू रकम १२ करोड १६ लाख ५६ हजार उल्लेख गरिएको छ । दोस्रो बढी बेरुजु रकम खुम्बु पासाङल्हामु गाउँपालिकाको देखिन्छ ।
प्रतिवेदनअनुसार खुम्बुको ८ करोड ८६ लाख २२ हजार बेरुजु देखिएको छ । सोलुदूधकुण्ड नगरपालिकाको बेरुजू रकम ३ करोड ७० लाख ४२ हजार देखिएको छ भने नेचासल्यान गाउँपालिकाको बेरुजु ३ करोड ४४ लाख ५३ हजार उल्लेख गरिएको छ ।
महालेखा परीक्षकको प्रतिवेदनसार लिखुपिके गाउँपालिकाको एक करोड ३१ लाख ८ हजार, थुलुङ दुधकोशी गाउँपालिकाको ८६ लाख ४ हजार, सोताङ गाउँपालिकाको ३६ लाख ९२ हजार र सबैभन्दा कम बेरुजु महाकुलुङ गाउँपालिकाको २८ लाख ४ हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्