उच्च आयको मुलुक बन्दै चीन «

उच्च आयको मुलुक बन्दै चीन

आगामी २०२५ सम्ममा चीन उच्च आयको मुलुक हुने र २०३० सम्ममा विश्वकै ठूलो अर्थतन्त्रको मुलुक हुने विश्व बैंकका पूर्व उपाध्यक्ष र प्रमुख अर्थशास्त्री जस्टिन यीफु लीनने बताए ।
सस्टेनेबल आर्किटेक्चर फर फाइनान्स इन युरोपले आयोजना गरेको कार्यक्रम ‘द इकोनोमिक्स अफ चाइनास न्यू ईरा’मा लीनले भने,“४० वर्षको असाधारण वृद्धिपछि पनि गतिशिल आर्थिक वृद्धिका लागि चीनको अझैंपनि ठूलो सम्भावना रहेको छ ।”
२००८ मा चीनको प्रति व्यक्ति आय २१ प्रतिशत थियो । यो जापानले १९५१, सिंगापुरले १९६७, चीनको ताइवानले १९७५ र दक्षिण कोरियाले १९७७ मा हासिल गरेकै बराबर हो ।
त्यसपछिका वर्षहरुमा यी सबै मुलुकहरुले वार्षिक ८ देखि ९ प्रतिशतको विकास हासिल गरेका थिए । “आगामी १० वर्षको अवधिमा चीनले पनि ८ प्रतिशतको वृद्धि हासिल गर्ने छ,” लीनले बताए । संरक्षणवाद र व्यापार विवाद जस्ता बाह्य चुनौतीहरुले वृद्धि सम्भावनालाई निश्चित रुपमा पनि घटाउने उनले थपे । यद्यपि विशाल अर्थतन्त्र र मध्यम आम्दानीको मुलुकमा चीनको निर्माण र पूर्वाधारको सुधारले लगानीका लागि
खुला ठाउँ छोडेको छ ।“चीन नयाँ युगमा प्रवेश गरेको छ र म भन्न चाहन्छु कि, नयाँ युगमा विगतबाट केही कुराले निरन्तरता पाउने छ । चीनले सुधारलाई लगातार गहन बनाउने छ र सुधार सधैनै मार्गमा हुने छ ।”

प्रतिक्रिया दिनुहोस्