मोपुङ खोलाले बगाउँदा सोलुखुम्बुमा नगर प्रहरी बेपत्ता «

मोपुङ खोलाले बगाउँदा सोलुखुम्बुमा नगर प्रहरी बेपत्ता

सोलुखुम्बुमा मोपुङ खोलाले बगाउँदा एक नगर प्रहरी बेपत्ता भएका छन् । सोलुदूधकुण्ड नगरपालिका ८ केरुङ घर भएका दावा शेर्पा भाद्र ८ गते दिउसो करिब १२ : ३० बजे वडा नं २ स्थित मोपुङ खोलाले बगाउँदा बेपत्ता भएका हुन् ।
सोलुदूधकुण्ड नगरपालिकामा नगर प्रहरीको रुपमा कार्यरत शेर्पा जुनबेसी गुम्बाबाट फर्कने क्रममा प्रदेश नं ३०२००८ प ३१५३ नम्बरको मोटरसाइकलसहित बेपत्ता भएका हुन् ।
उनको खोजतलास गर्ने क्रममा ७/८ मिटर तल मोटरसाइकल फेला परेको नगर प्रहरी ङवाङ ठिले शेर्पाले बताएका छन् । शेर्पाका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, जनप्रतिनिधि र स्थानीयको पहलमा बेपत्ता शेर्पाको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्