चीनलाई पछि पारेर भारत विश्वकै दोस्रो ठूलो तेल खरिददार «

चीनलाई पछि पारेर भारत विश्वकै दोस्रो ठूलो तेल खरिददार

नयाँ दिल्ली-तेलको मागको मामिलामा यो वर्ष भारत चीनलाई पछि पार्दै विश्वकै दोस्रो ठूलो तेल खरिद गर्ने मुलुक हुने भएको छ । अटो इन्धन र एलपीजीको खपतको वृद्धिका कारण माग बढ्ने अनुसन्धान र परामर्शदातृ ग्रुप वुड म्याकेन्जीले आफ्नो प्रतिवेदनमा जनाएको छ । गत वर्ष भारतमा तेलको मागमा जोडदार वृद्धि भएको थियो । जीएसटी तथा नोटबन्दी लागु भएपछि भारतको मागमा १४ प्रतिशत वृद्धि भएर २.४५ लाख व्यारेल प्रतिदिन पुगेको थियो ।
यो वर्ष पनि समान स्तरमा तेलको मागमा वृद्धि हुने अनुमान वुड म्याकेन्जिको रहेको छ ।
यसको परिणाम स्वरुप यो वर्ष तेलको मागको मामिलामा भारतले चीनलाई पछि पार्नेछ र विश्वकै दोस्रो ठूलो तेलको माग भएको देश हुनेछ । अमेरिका विश्वकै पहिलो बढी तेलको माग भएको मुलुकको रुपमा रहिनै रहने छ । अमेरिकी उर्जा सूचना प्रशाशन (ईआईए) का अनुसार हाल भारत तेलको मागको मामिलामा अमेरिका र चीनपछि तेस्रो बढी तेलको माग भएको देश हो ।
२०१७ –१८ मा भारतमा तेलको खपत २०.६२ करोड टन थियो । जुन अघिल्लो वर्षको तुलनामा २.५ प्रतिशतले बढी हो ।
प्रतिवेदनका अनुसार भारतमा डिजलको खपत सर्वाधिक बढी रहेको छ । २०१९ मा यो २०१८ को ९३ हजार व्यारेल प्रतिदिनको तुलनामा ६.४ प्रतिशतले वृद्धि भएर प्रतिदिन १.१२ लाख पुग्ने छ । गत अगस्टमा ओपेकले २०४० सम्ममा भारतको तेलको मागमा वृद्धि भएर ५८ लाख व्यारेल प्रतिदिन हुने अनुमान लगाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्