निषेधाज्ञा भदौ १६ सम्म थपियो «

निषेधाज्ञा भदौ १६ सम्म थपियो

गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ १६ गतेसम्मलाई थपिएको छ ।
उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले निषेधाज्ञा थप एक साता लम्ब्याउने निर्णय गरेको हो । यसअघि लगाइएको निषेधाज्ञा मंगलबार राति सकिँदै थियो । पुरानै मोडालिटीलाई निरन्तरता दिँदै निषेध आदेश थप भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । तर, राति ८ बजेपछि निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा लगाइएको प्रतिबन्ध भने हटेको उनले बताए । स्वास्थ्य सचेतना अपनाएर सवारी चलाउन दिइने निर्णय प्रशासनले गरेको हो ।
यस्तै अत्यावश्यकबाहेकका पसलहरु साँझ ७ बजेसम्म मात्रै खोल्न पाइनेछ । स्थानीय ढुवानी विहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म संचालन गर्न नपाउने काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्