‘घरजग्गाको साथी’ मार्फत ०.५ प्रतिशतमै कारोबार गर्न पाइने «

‘घरजग्गाको साथी’ मार्फत ०.५ प्रतिशतमै कारोबार गर्न पाइने

घरजग्गाको कारोबार गर्दा आधारविहीन विभिन्न व्यक्ति, समूहमा भर पर्दा आइपर्ने विभिन्न झन्झट अब अन्त्य हुने भएको छ । घर तथा जग्गा किन्न, बेच्न र भाडामा लिन–दिनको लागि अब संस्थागत रूपमै ‘घर जग्गाको साथी’ मार्फत कारोबार गर्न सकिने भएको हो । राजधानीको दरबारमार्गमा रहेको हाइल्यान्ड प्रोपर्टिजले ‘घरजग्गाको साथी’ ब्रान्डबाट आफ्नो सेवा सुरु गरेको जनाएको छ । घरजग्गाको साथीमार्फत अब घर तथा जग्गा धनीले आफ्नो सम्पति बेच्न तथा किन्न चाहनेले संस्थागत रूपमा सरल र पारदर्शी सेवा पाउने भएका छन् । भाडामा लिन र दिन चाहनेले पनि यो सेवा पाउनेछन् । घरजग्गाको साथीले कारोबारको ०.५ प्रतिशतको सेवा शुल्कमा आफ्नो सेवा दिने घोषणा गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक भवि शर्माका अनुसार घरजग्गा कारोबारको क्षेत्रमा देखिएका विकृति विसंगति हटाउन यो अभियान सुरू गरिएको हो । किन्ने र बेच्ने दुवैतिर मनलाग्दो कमिसन खाने, जग्गा बैना गर्ने अनि तोकिएको समयमा पास नगर्ने जस्ता समस्या छन् । “हामीले अहिले बजारमा भएका सबै विकृति र अविश्वास हटोस् र किन्न–बेच्न संस्थागत मध्यस्थकर्ताको माध्यमबाट निर्धक्क भएर कारोबार गर्न सक्नुका साथै कम्पनीले घर तथा जग्गासम्बन्धी कानुनी परामर्श, घरको इञ्जिनियरिङ डिजाइन, आर्किटेक्चरल डिजाइन, ठेकेदार, वास्तुसहित घरजग्गा सम्बन्धी आवश्यक परामर्श दिनेछौं,’ शर्माले भने । सबै प्रक्रियाबाट ग्राहकहरूलाई सुरक्षित बनाई एकै ठाउँबाट सबै किसिमका सेवाहरू उपलब्ध गराउने घरजग्गाको साथी नेपालकै पहिलो कम्पनी हो । यस किसिमको सेवामा सामान्य रूपमा कारोबारको ०.५ प्रतिशत सेवा शुल्कमै रहेर अत्यधिक सेवा दिने कम्पनीको भनाइ छ । शर्माले भने “किन्ने व्यक्ति र बेच्ने व्यक्ति दुवैपक्षलाई सँगै राखेर छलफल गरी आपसमा कायम भएको मूल्यमा कारोबार गराउनेछौँ । हाम्रो कम्पनीमा आउने ग्राहकहरू कुनै पनि बिचौलियाबाट ठगिन नपर्ने र कानुनी रूपमा सुरक्षित हुने घरजग्गाको कारोबार गर्न सक्छन् ।”

 

प्रतिक्रिया दिनुहोस्