चीनमा यस्तो स्कुल छ, जहाँ टिचरलाई दिइन्छ ‘प्रेम बिदा’ «

चीनमा यस्तो स्कुल छ, जहाँ टिचरलाई दिइन्छ ‘प्रेम बिदा’

बेइजिङ-कार्य व्यस्थताले हामी माया प्रेम गर्न भुल्छौ । प्रेमका लागि समयनै निकाल्न पाउदैनौ । यसैका कारण पार्टनरसँग झगडा हुने गर्छ भने केही मानिसले एक्लै बस्नका लागि मन पराउने गर्छन् । यो समस्याको एक स्कुलले अचम्मको समाधान निकालेको छ । यो स्कुलले आफ्ना टिचरलाई प्रेम गर्नका लागि बिदा अर्थात ‘लभ लीभ’ को सुरुवात गरेको छ । आफ्नो प्रेमी प्रेमिकाका लागि समय निकाल्न सकोस् भन्ने दृष्टिकोणबाट यो स्कुलले ‘लभ लीभ’ को व्यवस्था गरेको हो ।
यो चीनको जेजियाङ सहरको एक मध्यम स्कुल हो । यसको नाम हो डिङलाङ एक्सपेरिमेन्टल मिडल स्कुल । यो स्कुलमा प्रत्येक महिना टिचरलाई साढे २ दिनको बिदा दिइन्छ । जसलाई ‘लभ लीभ’ भन्ने गरिएको छ ।
यो स्कुलमा यो छुट्टि २०१९ को जनवरी १५ देखि सुरु भएको छ । यो बिदा खासगरी एकल टिचरका लागि हो । तर जुन टिचरको परिवार छ उनीहरुलाई पनि स्कुलले फेमिली लीभ दिएको छ ।
‘लभ लीभ’ ले एकल टिचरलाई अन्य मानिससँग भेटघाट गर्न र सम्बन्ध मजबुत बनाउनका लागि अवसर मिलेको स्कुलले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्