केन्ट सुप्रिमको वाटर प्युरिफायर नेपाली बजारमा «

केन्ट सुप्रिमको वाटर प्युरिफायर नेपाली बजारमा

सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले केन्ट सुप्रिम एक्स्ट्रा मिनरल आरओ वाटर प्युरिफायर बजारमा ल्याएको छ । यो नयाँ वाटर प्युरिफायरको मूल्य ३३ हजार ९९० रहेको कम्पनीले जनाएको छ । नेपाल भरिका सबै प्रमुख रिटेल आउटलेटहरूमा उपलब्ध प्युरिफायर प्रिमियम र एक्स्ट्रा सुविधाहरू भएकाले शतप्रतिशत शुद्ध र अल्कलाइनसहितको पिउने पानी प्रदान गर्ने कम्पनीको दावी छ ।
यसमा प्रयोग भएको अत्याधुनिक प्रविधिका कारण शुद्ध पानी भण्डारण ट्यांकीसमेत लामो समयसम्म शुद्ध राख्दछ । यस प्युरिफायरमा केन्टको आविष्कारशिल मिनरल आरआ टेक्नोलोजीले शुद्ध पानीमा अत्यावश्यक प्राकृतिक खनिजहरू जोगाउन टीडीएस कन्ट्रोलर प्रयोग गर्ने भएकाले शतप्रतिशत शुद्ध र खनिजयुक्त पिउने पानी प्रदान गर्ने बताइएको छ ।
सो प्युरिफायरमा कम्प्युटरले नियन्त्रण गरिएको फिल्टर परिवर्तन अलार्म प्रयोग भएकाले फिल्टर प्रतिस्थापन गर्ने समय र यूभी फेल अलार्मले जब यूभी बत्ती निस्क्रिय हुँदा सचेत गराउँदछ र उन्नत सुरक्षा र सुविधा सुनिश्चित गर्दछ ।

प्रतिक्रिया दिनुहोस्