विद्युतीय चार्जिङ स्टेसन बनाउन अध्ययन गरिँदै «

विद्युतीय चार्जिङ स्टेसन बनाउन अध्ययन गरिँदै

विद्युतीय गाडिलाई चार्ज गर्न सहज पु-याउने उद्देश्यले निगमले प्राधिकरणसँग मिलेर स्टेसन बनाउने तयारी गरेको हो ।

नेपाल आयल निगमले विद्युतीय चाजिङ स्टेसन बनाउन अध्ययन गर्ने भएको छ । विद्युतीय सवारी साधनलाई लक्षित गर्दै चाजिङ स्टेसन निर्माणका लागि अध्ययन गर्न लागिएको हो । निगमले पेट्रोल पम्पसँगै चार्जिङ स्टेसन बनाउन अध्ययन गर्ने छ ।
निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले पेट्रोल पम्पसँगै राख्ने वा अन्य ठाउँमा राख्ने भनेर अध्ययन गर्न लागिएको जानकारी दिए । विद्युतीय गाडिको प्रयोग बढाउने सरकारी योजना रहेकाले सोही अनुसार चार्जिङ स्टेसन बनाउन लागिएको उनको भनाइ छ ।
नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा निगमले पेट्रोल पम्पमै चार्जिङ स्टेसन बनाउने तयारी भइरहेको भट्टराईले जानकारी दिए । सरकारले बढ्दो इन्धनको आयातलाई प्रतिस्थापन गर्न तीन सय वटा विद्युतीय बस भिœयाउने निर्णय गरिसकेको छ । विद्युतीय गाडिलाई चार्ज गर्न सहज पु¥याउने उद्देश्यले निगमले प्राधिकरणसँग मिलेर स्टेसन बनाउने तयारी गरेको हो । विद्युतीय गाडिको प्रयोगले इन्धन खपतसँगै वातावरण प्रदूषणसमेत कम हुन्छ ।
चार्जिङ स्टेसनका लागि आवश्यक क्षमताको लाइन नभएको ठाउँमा प्राधिकरणले क्षमता वृद्धि गर्ने र चार्जिङ स्टेसन राख्ने गरी छलफल गरिने निगमले जनाएको छ । निगमका अनुसार पहिलो चरणमा उपत्यकाभित्रका ७० बढी पेट्रोल पम्पमा चार्जिङ स्टेसन राख्न अध्ययन गरिने छ । यस्तै दोस्रो चरणमा उपत्यका वरपरसमेत गरी दुई सय बढी पेट्रोल पम्पमा चार्जिङ स्टेसन राख्ने निगमको तयारी गरेको छ ।
प्राधिकरणले काठमाडौं र ललितपुर महानगरपालिकासँग सहकार्य गरेर थप १० ठाउँमा तत्काल चार्जिङ स्टेसन राख्ने तयारी गरेको छ । प्राधिकरणले विद्युतीय गाडीको प्रवद्र्धनकै लागि अहिले एउटा विद्युतीय गाडी प्रयोगमा ल्याएको छ । २८ लाख रूपैयाँ पर्ने सो गाडी एक पटक चार्ज गरेपछि ८० किलोमिटरसम्म गुड्न सक्ने छ ।
एउटा चार्जिङ स्टेसन बताउन २० देखि ३० लाख रूपैयाँ लाग्ने गर्छ । सवारी साधनको प्रयोग बढ्दै गएपछि इन्धनको आयात धेरै हुन थालेपछि त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले विद्युतीय गाडिमा जोड दिएको छ । बढ्दो सवारी साधनको प्रयोगले बर्सेनि दुई खर्ब रूपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात हुने गर्छ । मुलुकको व्यापार घाटा बढाउनेमा इन्धन पहिलो नम्बरमा पर्छ । विद्युतीय गाडिको प्रयोग बढाउँदै गए इन्धनको आयात कम गर्न सकिने ऊर्जाविज्ञ बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्