मञ्जुश्री फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन «

मञ्जुश्री फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

मञ्जुश्री फाइनान्सको लिलामी सेयरमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीको लिालामी सेयरमा बैंकिङ सयमसम्म आवेदन दिन सकिने छ । कम्पनीले साउन १४ गतेदेखि १२ हजार ५८७ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नु कम्पनीले जनाएको छ ।
सेयर खरीद गर्न बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन गर्नु पर्नेछ भने अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ । आवेदकबाट परेको बोलपत्र कम्पनीले भदौ ९ गते बिहान १० बजे एनआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाटमा निजको प्रतिनिधिको उपस्थितीमा खोलिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्