मानुषी लघुवित्तको आईपीओ बाँडफाँट «

मानुषी लघुवित्तको आईपीओ बाँडफाँट

मानुषी लघुवित्तले आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक नेपाल एसवीआई मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले सोमबार लघुवित्तको आईपीओ बाँडफाँट गरेको हो । लघुवित्तले यही साउन २७ गतेदेखि ३१ गतेसम्म गरेको सार्वजनिक निष्कसनमा २३ लाख ६१ हजार ८२७ आवेदकबाट २ करोड ९६ लाख ५५ हजार ४६० कित्ता सेयरकको लागि आवेदन परेको थियो ।
जसमध्ये ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ भने २३ लाख ५४ हजार ७८४ जना आवेदकबाट माग भएको २ करोड ९५ लाख ७४ हजार ७५० कित्ताको आवेदन सदर भएको हो ।
सदर आवेदकमध्ये कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको ३ लाख ६८ हजार ५९३ कित्ता सेयर धितोपत्र निष्कासन तथा बाँडफाँट नियमावली अनुसार गोलाप्रथाबाट १० कित्ताको दरले बाँडफाँट गर्दा ३६ हजार ८५९ जनाले १० कित्ता सेयर पाएका छन् । सोही मध्ये ३ जनाले थप १ कित्ता गरेर कूल ११ कित्ता सेयर पाएका छन् । यस्तै कुल योग्य आवेदक मध्ये २३ लाख २४ हजारभन्दा बढी आवेदकको हात खाली भएको छ ।
कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्काशन गरेको हो । जसमध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ५ हजार ४६९ कित्ता कर्मचारीलाई र जारी पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ६८८ कित्ता सेयर सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणका लागि आवेदन खुलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्