लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत «

लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत प्राप्त गरेका छन् ।
सोमबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मतका लागि प्रस्ताव पेस गरेपछि भएको मतदानमा उनले बहुमत प्राप्त गर्दै विश्वासको मत प्राप्त गरेका हुन् । मुख्यमन्त्री केसीको पक्षमा ४२ सांसदले मत दिएका थिए । उनको विपक्षमा कसैले पनि मत दिएनन् । मतदानमा जम्मा ४३ थिए । तर एक जना तटस्थ बसेका थिए ।
हाल प्रदेशसभामा ८० जना सांसद छन् । केसीको पक्षमा परेको ४२ मत कुल सांसद ८० को बहुमत भएकाले केसीले विश्वासको मत पाएको सभामुखले घोषणा गरेका छन् । विश्वासको मत कार्यक्रमलाई प्रमुख प्रतिपक्षी दल एमालेले भने बहिष्कार गरेको थियो । एमाले नेतृत्वको सरकार ढलेपछि केसी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्