Logo

टाटा बी एस ६ कारको लागि टाटा केयर क्याम्प

नेपालका लागि टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी टेडिङले टाटाको बी एस ६ कारहरु सम्बन्धित सम्पूर्ण जाँच गर्ने टाटा केयर क्याम्पको आयोजना गर्ने भएको छ ।
टाटा केयर क्याम्प सिप्रदीको काठमाडौंस्थित सोल्टीमोड र बागडोल आधिकारिक वर्कशपमा यही भदौ ७ गतेदेखि भदौ ११ गतेसम्म क्याम्प सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ । सिप्रदी टेडिङ ग्राहक सेवाका मुख्य प्रबन्धक कुमार भण्डारीका अनुसार बी एस ६ गाडीहरुमा नयाँ प्रविधिको प्रयोग भएकोले यी गाडीलाई अरु गाडीहरु भन्दा भिन्दै प्रविधि प्रयोग गरी सर्भिस गर्नुपर्ने हुन्छ ।
त्यसैले टाटाको बी एस ६ गाडीको ग्राहकलाई ध्यानमा राखेर सर्भिसिङमा सहजीकरण गर्न क्याम्प आयोजना गरिएको भण्डारीले जानकारी दिए । साथै उनले यो क्याम्प बी एस ६ गाडीका ग्राहकलाई लागि निकै फलदायी हुने भएकाले क्याम्पमा सहभागी हुन आग्रह गरेका छन् ।
यस टाटा केयर क्याम्प अन्तर्गत टाटा बी एस ६ कारहरुको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुनेछ । लेवर चार्जमा ५० प्रतिशत छुट, फ्री टप वासिङ, स्पेयर पार्ट्समा १५ प्रतिशत छुट, म्याक लुब्रीकेन्ट्समा १५ प्रतिशत छुट र जेनुइन सामानहरुमा १५ प्रतिशत छुट यस केयर क्याम्पको प्रमुख विशेषता छन् ।
निःशुल्क १० पोइन्ट चेकअप, निःशुल्क ब्याट्री र इलेक्ट्रिक चेकअप, निःशुल्क कम्प्युटर डायग्नोसिस, निःशुल्क सस्पेन्सन चेकअप, निःशुल्क ब्रेक चेकअपको साथै यस क्याम्पमा ग्राहकहरुले आकर्षक उपहारहरु पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्