होटल साम्बालाको जुम रूम सेवा सुरू «

होटल साम्बालाको जुम रूम सेवा सुरू

बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै र बजारमा भर्चुअल व्यवस्थाको मागलाई सम्बोधन गर्नको लागि काठमाडौंको चक्रपथस्थित होटल साम्बालाले जुम रूमको व्यवस्था गरेको छ ।
विभिन्न कन्फरेन्सलगायत मिटिङ स्वास्थ्यको मापदण्ड पालना गर्दै सम्पन्न गर्नको लागि हाइब्रिड सेट अप व्यवस्था गरिएको जुम रूम सञ्चालनमा ल्याएको हो, जसमा भर्चुअल र भौतिक दुबै रूपमा कार्यक्रम सम्पन्न गर्न सकिने होटल साम्बालाका महा–प्रबन्धक रविन मानन्धरले बताए ।
यस मिटिङ रूममा भौतिक रूपमा उपस्थित पनि हुन सकिन्छ भने आफ्नो डेस्कटप, मोबाइल अथवा अन्य कुनै डिभाइसबाट जुममार्फत सहभागी पनि हुन सकिन्छ । भौतिक रूपमा सम्पन्न हुने कार्यक्रममा पनि सामाजिक दूरी कायम राख्दै स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गर्दै सो रूम तयार गरिएको बताइएको छ ।
यस मिटिङ रूममा एडभान्स प्रविधि प्रयोग गरिएको छ। जहाँ हाई क्वालिटी स्पिकर फोन, अल इन वान क्यामेरा र अप्सनल एक्सपानसन माइक्रोफोन लगायतका उपकरण प्रयोग गरिएको छ । काठमाडौं उपत्यकाभित्रै रिफ्रेसमेन्टका लागि होटल साम्बाला उपयुक्त ठाउँ हो । होटलको रुफटप स्वमिङ पुल र पुलसाइड क्याफेले त्यहाँ पुग्ने जो कोहीलाई मोहित बनाउँछ । होटलबाट काठमाडौं उपत्यकाको विभिन्न भाग र वरपरका पहाड देख्न पाइन्छ । सूर्यास्तको दृश्य यहाँको अर्को आकर्षण हो ।
होटलले परम्परागत नेपाली शैलीमा अतिथिको सत्कार गर्दै आधुनिक सुविधा प्रदान गर्दै आइरहेको छ । साम्बाला पुग्ने हरेक मानिसले तिब्बती सम्पदा र कला–संस्कृतिलाई बुझ्न र अवलोकन गर्न पाउनेछन् । डिलक्स, एक्जुकेटिभ र स्विट रूम, रेष्टुरेन्ट, स्वीमिङ पुल र स्पा सबै साम्बालामा छन् जसले गर्दा अतिथिहरूले सबै सुविधा एउटै छानामुनि पाउन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्