देशभरका शोरुममा हाउजेको एक्सचेन्ज अफर «

देशभरका शोरुममा हाउजेको एक्सचेन्ज अफर

हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेसनल ट्रेडिङ कन्सर्नले देशभरका शोरुममा एक्सचेन्ज अफर सुरु गरेको छ । भदौ १७ गतेसम्म चल्ने कृष्ण इन्टरनेसनलका सेल्स म्यानेजर रुक्सान खत्रीले जानकारी दिए ।
एक्स्चेन्ज गर्दा पुरानो बाइक तथा स्कुटरको मूल्यमा अतिरिक्त १५ हजार रुपैयाँ मूल्यांकन गरिने तथा नगदमा बाइक खरिद गर्दा पनि १५ हजार रुपैयाँ छुट प्रदान गरिने खत्रीले जानकारी दिए ।
कम्पनीले नेपालका मुख्य शहरमा हाउजेको शोरुम, सर्भिस सेन्टर र पार्ट्ससहितका डिलरहरु विस्तार गरिरहेको छ । इन्जिन वारेन्टी २ वर्ष रहेको छ भने फ्रि सर्भिस ६ पटकसम्म उपलब्ध छ र पार्टससमेत सर्वसुलभ मूल्यमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्