पर्वतको लुंखुदेउरालीमा चिया खेती सुरू

पर्वतको महाशिला गाउँपालिका वडा नं. ५ लुंखुदेउरालीमा चिया खेती सुरु गरिएको छ । सोही गाउँपालिकाको वडा नं. ६ फलामखानीा चियाखेतीको सफल उत्पादन हुन थालेपछि लंखुदेउरालीमा पनि विस्तार गर्न थालिएको हो ।
लुंखुदेउरालीस्थित चिसापानीमा रहेको खाली जमिनमा चियाका बिरुवा रोप्न थालिएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले बताए । उनका अनुसार सुरुवातको चरणमा १ हजार बिरुवा रोपिने भएको छ ।
झण्डै एक दशकदेखि चियाखेती सुरु गरिएको फलामखानी र यहाँको हावापानी एकै प्रकृतिको रहेको छ । यस वर्ष परीक्षणको रुपमा १ हजार बोट रोप्न थालिएको र बिरुवा हुर्कंदै गए र हावापानी मिल्यो भने आगामी वर्षदेखि थप विस्तार गर्दै जाने उच्चैले जानकारी दिए । गाउँपालिकाले चियाका बिरुवा रोप्न स्वंसेवक खटाएको छ ।
फलामखानीमा यस वर्ष झण्डै १२ हजार चियाका बिरुवा तयार गरिएको थियो । चिसापनी क्षेत्रमा चिया खेती विस्तराका लागि हजारौ रोपनी क्षेत्रफल खाली भएपनि अहिले परीक्षणका लागि १० रोपनी जग्गामा मात्र बिरुवा रोप्न लागिएको हो ।
ती झण्डै १० हजारको संख्यामा फलामखानीकै विभिन्न क्षेत्रमा खेती विस्तार गर्ने योजना समेत गाउँपालिकाले जनाएको छ ।