गोयन्का इलेक्ट्रोनिक्सको नयाँ योजना «

गोयन्का इलेक्ट्रोनिक्सको नयाँ योजना

यस गोयन्का ग्रुपअन्तर्गतको गोयन्का इलेक्ट्रोनिक्स प्रालिले इलेक्ट्रोनिक्स व्यवसायमा तेस्रो वर्षमा पूरा गरेको छ । यस गोयन्का इलेक्ट्रोनिक्स प्रालिले विभिन्न किसिमका घरायसी इलेक्ट्रोनिक्स सामग्रीहरू बजारमा ल्याएको अवगत नै छ । जसमा बिभिन्न सूर्या, सेलो तथा लेकसका साथै आफ्नै गोयन्का ब्रान्डका सामग्रीहरू ल्याएको छ । यस गोयन्का इलेक्ट्रोनिक्स प्रालिले बिगतमा जस्तै आउने आर्थिक वर्षमा पनि शतप्रतिशत बजार वृद्धि गरी १०० करोड बराबरको व्यापार गर्ने योजना बनाएको छ ।
हालको अवस्थामा २०० सक्रिय डिलरको साथमा काम गरिरहेको छ । ०७७ सम्ममा यस गोयन्का इलेक्ट्रोनिक्सले २५० देखि ३०० सक्रिय डिलरहरूसग सहकार्य गर्ने योजना बनाएको छ । गोयन्का इलेक्ट्रोनिक्सको मुख्य लक्ष्य भनेको उपभोक्तालाई गुणस्तरीय समान उचित मूल्य र समयमा सेवा दिनुरहेको छ । ग्राहकलाई समयमा नै सेवा प्रधान गर्नका लागि काठमाडौं, पोखरा, नारायणघाट, विराटनगरहरूमा सर्विससेन्टर थप गर्ने योजना बनाएको जनाएको छ ।
गोयन्का इलेक्ट्रोनिक्सले अबको पाँच वर्षमा नेपालको कुल इलेक्ट्रोनिक्स बजारको १५५ भन्दा बढी हिस्सा ओघट्ने लक्ष्य राखेको छ । नेपालीको क्रय क्षमता उचित मूल्य, उच्च गुणस्तर र ग्राहकको रोजाइमा पर्ने आकर्षक र टिकाउ हुने सामानहरू ल्याउने लक्ष्य राखेको छ । अबको ५ वर्षभित्रमा गोयन्का इलेक्ट्रोनिक्सका सामग्रीहरू हरेकको घर घरमा हुनेछन्, यसका लागि यस इलेक्ट्रोनिक्सले उपभोक्तालाई गुणस्तरीय, टिकाउ सामग्री, उचित मूल्य र समयमा उपभोक्तालाई सेवा दिनुछ । गोयन्का इलेक्ट्रोनिक्सले फ्रिज, टेलिभिजन, दिप फ्रिज, वासिङ मेसिन, एयर कन्डिसन, मिक्चर ग्रान्डर, पंखा, ग्यासचुला, राइसकुकर, ग्यास वाटर हिटरलगायतका सामानहरू बजारमा ल्याएको छ र आउँदा दिनहरूमा अन्य इलेक्ट्रोनिक्स सामग्रीहरू पनि बजारमा ल्याउने लक्ष्य राखेको छ ।
गोयन्का इलेक्ट्रोनिक्सले सूर्य ब्रान्ड इन्डियासँग सहकार्य गरेर सूर्य ब्रान्डका आइरन, मिक्चर र ग्रान्डर, पंखा, ग्यासचुला, हिटर, इलेक्ट्रिक गिजर आदि त्यस्तै सेलो ब्रान्ड इन्डियाको सहकार्यमा सेलो एयर कुलर, लेक्स ब्रान्डको एयर कन्डिसन बजारमा ल्याएको छ । हालसालै यस गोयन्का इलेक्ट्रोनिक्सले सबैको रोजाइमा परेको तर नेपालमा पहिलो पटक युरोपेली ब्रान्ड स्टलँग सहकार्य गरी विभिन्न इलेक्ट्रोनिक्स सामानहरू जस्तै फ्रिज, टेलिभिजन, दिप फ्रिज, वासिङ मेसिन, एयर कन्डिसन आदि बजारमा चाँडैनै ल्याइरहेको छ ।
गोयन्का इलेक्ट्रोनिक्स नेपालको बजारमा एकमात्र यस्तो कम्पनी हो जो छोटो समयमा राम्रो बजार व्यवस्थापन गर्न सक्षम भएको छ । यस कम्पनीको जोसिलो व्यवस्थापन र उत्साहित सेल्स टिमका साथसाथै आदरणीय डिलर महानुभावहरूको सहयोगले नै यो सम्भव भएको हो । यस गोयन्का इलेक्ट्रोनिक्सले वातावरण अनुकूल सुरक्षित, समुचित मूल्य, उच्च गुणस्तरीय सामग्री उपलब्ध गराई ग्राहक एवं डिलर महानुभावहरूलाई चुस्तदुरुस्त र छिटोछरितो सेवा दिने लक्ष्य राखेको जानकारी गराउँछांै ।

प्रतिक्रिया दिनुहोस्