Logo

१३घन्टा माइनस ३० डिग्रीमा २५० यात्रुले विमानमै रात काट्दा…

मन्ट्रियल-विमानमा सवार एक यात्रीको ज्यान बचाउने प्रयासमा २५० यात्रुको ज्यान जोखिममा पारिएको छ । यात्रीले विमानमानै बसेर हिउले जमेको रातमा कठ्याङग्रिदै रात काट्नु परेको घटना क्यानडाको मन्ट्रियलमा घटेको छ । सीबीसी नेटवर्कका अनुसार युनाईटेड एयरलायन्सको फ्लाइट–१७९ शनिबार न्यूजर्सीको नेवार्क विमानस्थलबाट २५० यात्रु लिएर हङकङका लागि उडेको थियो । बाटोमा एक यात्रीको स्वास्थ खराब भएपछि क्यानडाको पूर्वी तटको गुज बे विमानस्थमा विमानको आपतकालिन अवतरण गरिएको थियो ।
यसपछि प्यारामेडिकल टोलीका सदस्यले विमानबाट यात्रुलाई ओरालेर अस्पताल लगेको विमान सेवाले सीबीसीलाई बताएको छ । तर उक्त स्थानमा तापमान माइनस ३० डिग्री थियो । चारैतर्फ हिउ परिरहेको थियो । यात्री ओर्लेपछि जब विमानले उडान भर्ने तयारी ग¥यो, सोही समयमा विमानको एउटा ढोकामा हिउ जमेको जमेर बन्द भएको थियो । रात छिप्पिएकाले विमानस्थलमा कुनै कर्मचारी पनि थिएनन् । यस्तो अवस्थामा विमानमा सवार बाँकि यात्रीले लगभग १३ घन्टा विमानमै रात बिताउनु परेको थियो ।
यस्तो अवस्थाको पूर्व तयारीका लागि विमानमा ब्ल्याङकेट तथा खानपिनको सामान पनि पर्याप्त मात्रामा थिएन । चिसोमा यात्रीले पुरै रात बडो मुश्किलले बिताएका थिए । पछि लगभग १० घन्टापछि अधिकारी खाना तथा पानी लिएर विमानमा पुगे । उक्त समयमा १ यात्रीको रिस नाकको टुप्पोमै आइसकेको थियो ।
खानेकुरा पाएपछि पनि उसको रिस मरेन । विमानका यात्री संजय दत्ताले सीबीसीलाई फोन गरेर विमानभित्र पनि ज्यादैनै चिसो भएको बताए । पुरै क्षेत्रमा भारी हिमपातका कारण विमानको भित्रको हिटर पनि फेल भएको थियो । लगभग १३ घन्टापछि अर्को विमान आयो र यात्रीलाई त्याहाँबाट पठाइएको थियो । यात्रीहरुले ट्वीट गरेर यो असहज अवस्थाको बयान गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्