आयोजनाको प्रगति लक्ष्यअनुसार नहुँदा ५ अर्ब फ्रिज «

आयोजनाको प्रगति लक्ष्यअनुसार नहुँदा ५ अर्ब फ्रिज

आर्थिक वर्ष २०७६-०७७ मा लक्ष्य अनुसार काम नहुँदा विभिन्न औद्यौगिक तथा व्यापारिक आयोजनका लागि छुट्याएको ५ अर्ब रकम फ्रिज भएको छ ।
महालेखा परीक्षकको कार्यलयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विभिन्न ११ वटा औद्योगिक क्षेत्रका लागि छुटाएको रकममध्ये ४ अर्ब ७४ करोड २७ लाख रुपैयाँ खर्च नभई फ्रिज भएको हो । विभिन्न ओद्योगिक कार्यक्रमका लागि छुट्याएको रकम लक्ष्य अनुसारको काम नहुँदा बजेट फ्रिज भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक वर्ष २०७६-०७७ को वार्षिक कार्यक्रमअन्तर्गत विभिन्न ५ वटा आयोजनाको शुन्य प्रगति भएको छ । प्रतिवेदन अनुसार रसुवा, काभ्रे र नुवाकोटको एक स्थापनमा क्रस बोर्डर इकोनोमी १ वा बनाउने लक्ष्य रहेकोमा निर्माण हुन सकेको छैन । यस्तै चीन नेपालमा औद्यौगिक मैत्री उद्यानको एउटा डीपीआर तयार गर्ने लक्ष्य रहेको निर्माण हुन सकेको छैन । यस्तै १२ वटा जिल्लामा थप औद्योगिक क्षेत्र घोषणा गर्ने सरकारको लक्ष्य रहेकोमा सो अनुसार औद्योगिक स्थल पहुँचमार्ग तथा पूर्वाधार विकास हुन सकेको छैन । यस्तै १ वटा बहुमूल्य पत्थर उत्पादन केन्द्र स्थापना गर्ने लक्ष्य रहेको स्थापना हुन नसकेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार काठमाडौंको चोभारमा रहेको सुख्खा बन्दरगाह निर्माण शतप्रतिशत पूरा गर्ने लक्ष्य अनुसार ४४.३५ प्रतिशत प्रगती भएको छ । यस्तै झापाको दमकमा २१ सय विघा औद्यौगिक क्षेत्र विस्तार गर्ने लक्ष्य अनुसार १४ सय ५२ विघा प्रगति भएको छ । उद्योग स्थापनामार्फत १६० जनालाई रोजगारी सिर्जना गर्ने लक्ष्य अनुसार २९ जनालाई मात्र रोजगारी सिर्जना गरिएको छ । यस्तै ३० जना लघु उद्यमी सिर्जना गर्ने लक्ष्य अनुरुप २३ जना उत्पादन भएको प्रतिवेदनमा उल्लेख छ । यस्तै पुँजीगत तर्फका पूर्वाधार विकासका कार्यक्रममा घरेलु तथा उद्योग प्रवद्र्धन केन्द्र, नेपाल गुणस्तर तथा नापतौल विभाग, नेपाल भारत क्षेत्रिय व्यापार तथा पारवहन आयोना र आद्यौगिक व्यवसाय विकास प्रतिष्ठानको ३ अर्ब ९ करोड ४९ लाखमध्ये ४८ करोड १४ लाख मात्र अर्थात १५.५३ प्रतिशतमात्र खर्च भएको प्रतिवेदनमा उल्लेख छ । आवधिक योजना र वार्षिक बजेटमा समावेश भएका कार्यक्रम सञ्चालन नहुँदा उपलब्धीमा असर पर्ने भएकाले योजना कार्यान्वयमा थप सुधार गर्नुपर्ने देखिएको छ ।
यसैबीच, सरकारी संस्थाहरुको क्षमता अभिवृद्धि, ७ प्रदेशमा १० का दरले औद्योगिक ग्राम स्थापना अध्ययन तथा विकास निर्माण, दक्षिणकाली फूटवेयर जोनको पँहुचमार्ग तथा विद्युतीकरण, नेपाल ओरिएण्टल म्याग्नेसाइट प्रालिको खनिज भन्डारको मूल्यांकन लगायतका कार्यक्रमका लागि ५८ करोड ५ हजार बजेट विनियोजन भएकोमा ४२ करोड २९ लाख ८२ हजार मात्र खर्च भएको प्रतिवदेनमा उल्लेख छ । लक्ष्य अनुसार काम नहुँदा छुटयाएको बजेट खर्च हुन नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्