हिमालयन बैंक र वन पैदावार उद्योग व्यवसायी महासंघबीच सम्झौता «

हिमालयन बैंक र वन पैदावार उद्योग व्यवसायी महासंघबीच सम्झौता

हिमालयन बैंक र नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघबीच व्यावसायिक सम्झौता भएको छ । सम्झौता अनुसार बैंकले नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका सदस्यहरुलाई एसएमईअन्तर्गत १२ करोड रुपैयाँसम्मको विशेष कर्जा प्यकेज प्रदान गर्ने भएको छ ।
सम्झौता अन्तर्गत बैंकले न्यूनतम ब्याजदर, कर्जा शुल्क, प्रतितपत्र वा बैंक जमानत जारी गर्न नगद मार्जिन र कमिसनमा बैंक जमानत जारी गर्ने भएको छ । यो सेवा महासंघका सदस्यहरुले बैंकको देशभरका शाखाबाट सजिलै पाउन सक्नेछन् । हाल बैंकले ७१ शाखाहरु, १४६ एटीएमबाट ग्राहकलाई सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्