ट्रम्पलाई उत्तर कोरियाले भन्यो पागल कुकुर

प्योङयाङ,पछिल्लो समयमा अमेरिका र उत्तर कोरियाबिच वाक युद्ध चलिरहेको छ । उत्तर कोरियाली राष्ट्रपति किमले आफ्नो टेबुलमै परमाणु बटन भएको बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफूसँग झन ठूलो परमाणु बटन भएको जवाफ फर्काएका थिए । ट्रम्पको यो भनाइलाई आधार मान्दै उत्तर कोरियाले ट्रम्पलाई पागल कुकुर भुकिरहेको संज्ञा दिएको छ ।
ट्रम्पले ट्विट मार्फत् आफूसँग उत्तर कोरियाका किम जोङ उनको भन्दा ठूलो परमाणु बटन भएको र यसले काम पनि गर्ने बताएका थिए ।
उत्तर कोरियाली तानाशाहले नयाँ वर्षको अवसरमा अमेरिकालाई आफ्नो टेबुलमा परमाणु बमको बटन भएको बताएका थिए ।
तर यसपछि किम जोङ उन दक्षिण कोरियाप्रति भने नरम देखिएका छन् । उनले आगामी महिना दक्षिण कोरियाको प्योङचङमा आयोजना हुन लागेको शीतकालिन ओलम्पिकमा भाग लिने पनि बताएका छन् ।
यसको जवाफमा ट्रम्पले ट्विटमा लेखेका थिए,“गरिबी तथा भोकमरी सरकारका कोही व्यक्तिले किमलाई यो बताइदिउन कि मसँग पनि परमाणु बटन छ र यो बटन उत्तर कोरियाको भन्दा ठलो तथा सक्तिशाली पनि छ । यो बटनले काम पनि गर्छ ।”
ट्रम्पको यो भनाइलाई किमले पागल कुकुर भुकेको संज्ञा दिएका छन् ।