बैंक अफ काठमाण्डूको कन्ट्याक्टलेस कार्ड सुविधा «

बैंक अफ काठमाण्डूको कन्ट्याक्टलेस कार्ड सुविधा

बैंक अफ काठमाण्डूले कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ ।
उक्त कार्ड ट्याप सुविधा भएको पीओएस मेसिनहरुमा प्रयोग गरी ग्राहकले भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । यस प्रविधिमा मेसिन भित्र कार्ड नराखी एउटा सीमित दूरीबाट पीओएस मेसिनमा ट्याप मात्र गरी भुक्तानी गर्न सकिन्छ ।
कोरोनाको महामारीमा कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्दा ग्राहकले व्यक्तिगत दूरी कायम गर्न सहज हुने बैंकले बताएको छ । हाललाई यस प्रविधिमार्फत ग्राहकले प्रति कारोबार दुई हजार रुपैयाँसम्म कारोबार गर्न सक्नेछन् ।
बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई सेवा दिँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्