बिमाको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने «

बिमाको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने

राष्ट्रिय बिमा संस्थानको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने भएको छ । डिजिटल भुक्तानीका लागि संस्थानले नेपाल क्लियरिङ हाउससँग कनेक्ट आइपीएसमार्फत डिजिटल भुक्तानीसम्बन्धी सम्झौता गरिसकेको जनाएको छ । सम्झौताअनुसार अब संस्थानमा बिमा शुल्क कनेक्ट आइपीएसबाट तिर्न सकिने भएपछि लाइन बस्ने र कार्यालय मै पुग्नुपर्ने बाध्यता पनि हटेको संस्थानका प्रशासक कविप्रसाद पाठकले बताए ।
प्रशासक पाठक र क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानबीच डिजिटल भुक्तानी सेवा शुभारम्भ सम्बन्धी सम्झौता भएको हो । संस्थानले विगतमा ‘डस’ प्रविधिमा आधारित काम गरेकोमा अब डिजिटल प्रविधिबाट काम गर्नसक्ने भएको छ । व्यक्तिको जन्म मिति र पोलिसी नम्बर राख्दा त्यसले बिमितलाई सुरक्षासमेत प्रदान गर्दछ ।

प्रतिक्रिया दिनुहोस्