लेखनाथमा यामाहाको नयाँ शोरुम «

लेखनाथमा यामाहाको नयाँ शोरुम

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सोमबारबाट पोखरा–लेखनाथ महानगरपालिकामा यामाहाको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । एमएडब्लु इन्टरप्राइजेजले विश्वकर्मा अटो वक्र्सको नयाँ शाखामार्फत् यामाहा मोटरसाइकल तथा स्कुटरको बिक्री थालेको हो ।
यस क्षेत्रमा बढ्दै गएको यामाहा मोटरसाइकल र स्कुटरप्रतिको क्रेजलाई मध्यनजर गरी नयाँ डिलरसिप सुरु गरिएको हो । नयाँ शोरुमको उद्घाटन गण्डकी प्रदेशका ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक विरेन्द्र बस्याल र विश्वकर्मा अटो वक्र्सका संस्थापक रामप्रसाद श्रेष्ठले संयुक्त रुपमा गरेका थिए । विश्वकर्मा अटो वक्र्सको नयाँ शाखाबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरूको एक्सचेन्ज र फाइनान्सको पनि सुविधा पाउने छन् ।
पर्फर्मेन्स र स्टाइलका कारण युवामाझ निकै लोकप्रिय बन्दै गएको मोटरसाइकल ब्रान्डको शोरुम सुरु गर्नु गौरवको कुरा भएको विश्वकर्मा अटो वक्र्सका प्रबन्ध निर्देशक सरोज श्रेष्ठले बताए । यामाहाले नेपाली बजारमा विभिन्न मोडलका मोटरसाइकल र स्कुटर बिक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर र रेजी गरी चार मोडल छन् भने मोटरसाइकलमा आर३, एफजी२५, फेजर२५, आर१५भी३, एफजेड–एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन् । यामाहाले भर्खरै मात्र तेस्रो पुस्ताको आर १५ बजारमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्