महामारी नियन्त्रण कोषलाई कुमारी बैंकको सहयोग «

महामारी नियन्त्रण कोषलाई कुमारी बैंकको सहयोग

कुमारी बैंकले कोरोना महामारीको रोकथामका लागि दमक उद्योग वाणिज्य संघद्वारा सञ्चालित महामारी नियन्त्रण अभियान कोषमा ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
कोरोना भाइरस महामारी रोकथाम र महामारीले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित अतिविपन्न, सिमान्तकृत परिवारहरुलाई दैनिक उपभोग्य सामग्री आर्जनका निम्ति सो कोषले विविध कार्यक्रमहरु गर्दै आएको छ ।
बैंकका उर्लाबारी शाखाका प्रबन्धक युवराज दाहालले दमक वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, पूर्व अध्यक्ष तथा महामारी नियन्त्रण अभियानका संयोजक प्रकाश प्रसाईंलाई संयुक्त रुपमा सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।
कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्नको व्यवस्था लगायतका लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्