किसानले ‘चिस्यान गृह’मा राखेका ५ सय ७० बोरा बीउ आलु कुहियो

सुनसरी बराहक्षेत्र नगरपालिकाका किसानले कोल्ड स्टोर(चिस्यान गृह) मा राखेको बीउ आलु कुहिएको पाइएको छ ।
नगरपालिकाले निर्माण गरेको कोल्ड स्टोर मावराह क्षेत्रका किसानतथा कृषिफर्म वालाहरूको बीउ आलु सुरक्षित गर्न कोल्ड स्टोरमा बीउआलु राखेका थिए। तर, चार महिना अगाडि राखेको ५ सय ७० बोरा बीउ आलुको बीउ कुहिएर काम नै नलाग्ने भएपछि कृषकले गुनासो गरेका छन् ।
नगरपालिकाले पनि किसानहरूकै सुबिधाका लागि कोल्ड स्टोर निर्माण गरेको हो तर, किसानहरूकै फाइदाका लागि निर्माण भएको उक्तकोल्ड स्टोरबाटै किसानहरूलाई नोक्सान हुन पुगेको छ । उनीहरूले राखेको आलु बोराभित्रै उम्रिएका, चाउरी परेका, तौल अस्वाभाविक रूपमा घटेको किसानहरूले गुनासो गरेका छन्।
गएको वैशाखमा स्थानीय कृषिफर्म दर्पण अग्र्यानिक रिसर्च सेन्टरले कोल्ड स्टोरमा भण्डारण गरिएको १५ बोरा विभिन्न जातका बीउ आलु कुहिन थालेको फर्मका सञ्चालकपीताम्बर राईले बताए । राईले कोल्ड स्टोरमा भण्डारण गरेको धेरै आलुमा टुसा पलाएको र ऐँजेरु पलाएको बताएका छन् ।
राईको दर्पण फर्मको जस्तै सञ्जय खत्री, कुमार थापा, अर्जुन थापालगाएले राखेको आलुमा पनि उस्तै समस्या छ ।
नगरपालिकाले प्रदेश नं १ सरकारको भूमि, व्यवस्थातथा कृषि सहकारी मन्त्रालयको ५० लाख र नगरपालिको १७ लाखसहित ६७ लाखको लगानीमा रकमबाट कोल्ड स्टोर निर्माण गरेको थियो । हालकोल्ड स्टोर नगरपालिकाको कृषि शाखामा तहत रहेको छ ।
निर्माण भएको पहिलो वर्ष ट्रायलका लागि १० बोरा मात्रै आलु राख्ने भनिए पनि किसानहरूकै दबाएका धेरै आलु राख्दाको कारण आलुको बिउ बिग्रिएको कृषिशाखाका प्राविधिक निरबहादुर राईले बताए । विद्युत् गडबडीका कारण तापक्रम नमिल्दा आलु कुहिएको प्राविधिक राईले भनाई छ ।
किसानहरूले भने बिग्रिएको कृषिउपजको क्षतिपूर्ति नगरपालिकाले दिनुपर्ने माग राखेका छन् । बराहक्षेत्र नगरपालिकाले किसानमुखी योजना ल्याए पनि दक्ष कर्मचारी र प्राविधिकको अभावमा समस्या उत्पन्न भएको कृषकको गुनासो छ ।